arrow

विप्लव समूहको गुनासोः सरकारले सहमति कार्यान्वयन गरेन

१० दिनको समय दिंदै वालुवाटार पुगेर ध्यानाकर्षण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २० आइतबार
kp-oli-biplav-biplop.jpg

काठमाडौं । विप्लव समूहले सरकारले वार्ताका क्रममा गरेको सहमति कार्यान्वयन नगरेको भन्दै सरकारको ध्यानाकर्षणसहित गुनासो गरेको छ ।

सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहबीच भएको वार्तापछि सरकारले आफ्ना नेता कार्यकर्ताको रिहाइ गर्ने सहमती गरेको तर वार्ता पछिको ससहमतिमा भने सरकारले चासो नदेखाएको भन्दै सो समूहले गुनासो गरेको हो ।

पूर्ववत् सहमतिअनुसार नेता कार्यकर्ता रिहाइ नभएको भन्दै सो समूहका नेताद्वय खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र धर्मेन्द्र बास्तोलाले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई वालुवाटार पुगेर भेट गरी ध्यानाकर्षणसमेत गराएका हुन् ।

सो क्रममा उनीहरुले २१ फागुन २०७७ मा गरिएको सहमति कार्यान्वयनमा सरकारतर्फबाट चासो नदेखाएको भन्दै असन्तुष्टीसमेत व्यक्त गरेका छन् ।

विप्लवसँग सरकारले वार्ता गर्दा तीन बुँदे सहमती गरेको थियो । जसमा विप्लव समूह शान्तिपूणर् राजनीतिमा आउने र सरकारले प्रतिबन्ध फुकुवा गरेर कारागारमा रहेका नेता कार्यकर्ता रिहा गर्ने भनिएको थियो ।

विप्लव नेतृत्वको दलका प्रवक्ता प्रकाण्डले प्रधानमन्त्री ओलीलाई भेटेर तत्काल कार्यकर्ता रिहाइको प्रक्रिया अघि बढाउन ध्यानाकर्षण गराइएको बताए ।  प्रधानमन्त्रीसँगको भेटपछि पत्रकारहरुसँगको संवादमा प्रकाण्डले सहमती कार्यान्वयन लागि १० दिनको समय दिइएकोसमेत जानकारी दिए ।

‘सहमती अनुसारका विषयको कार्यान्वयनमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गरायौं, तीन बुँदे समझदारीमा उल्लेखित विषयलाई १० दिनभित्र पूरा गर्न हामीले माग गरेका छौं,’ पत्रकारहरुसँग प्रकाण्डले भने ।

सो क्रममा प्रधानमन्त्री ओलीले सकरात्मक जवाफ दिएको र सहजीकरणका लागि परराष्ट्र सल्लाहकार एवं तत्कालिन वार्ता समितिका सदस्य रहेका राजन भट्टराईलाई निर्देशन दिएको उनले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ