काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो समय ४६१ संक्रमित थपिएका छन् । काठमाडौँमा ३४२, ललितपुरमा ८८ तथा भक्तपुरमा ३१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा थप एक हजार ६ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या छ लाख ८२ हजार ७३९ पुगेको छ ।
थप चार हजार ८७६ जनाको पिसिआर परीक्षण तथा तीन हजार २५६ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पिसिआर विधिबाट एक हजार ४२ तथा एन्टिजेनबाट ५६१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले जानकारी दिए ।
हालसम्म छ लाख नौ हजार २१८ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५५२ संक्रमित निको भएर घर फर्किएका छन् ।
पछिल्लो समय नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २७ संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार २२५ पुगेको मन्त्रालयले जनाएको छ ।