arrow

विप्लव-सरकार वार्ताका चार महिनाः जेलमै विप्लव कार्यकर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २१ सोमबार
kp-oli-biplav-biplop.jpg

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र सरकारबीच वार्ता भएको आज(सोमबार) चार महिना पुगेको छ । विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउने प्रतिबद्धता जनाएपछि सरकार र सो समूहबीच २१ फागुनमा तीन बुँदे सहमति भएको थियो ।

तर, सहमति भएको चार महिना बित्दा पनि विप्लव समूहका नेता कार्यकर्ता थुना मुक्त भने भइसकेका छैनन् । सामान्य प्रकृतीका घटना बाहेकका मुद्दामा मुछिएका विप्लवका नेता कार्यकर्ता अझै पनि थुनामा नै रहेको बताइन्छ ।

विप्लव समूहका नेता धमेन्द्र बाँस्तोलाले सरकारसँगको वार्तापछि आफूहरु शान्तिपूणर् राजनीतिको बाटोमा आउँदा पनि आफ्ना नेताकार्यकर्ताहरु नछुटेकोप्रति आफूहरुको गुनासो रहेको बताए ।

‘सरकारसँगको सहमतिपछि हामी शान्तिपूर्ण राजनीतिको बाटोमा छौं, तर अझै पनि हाम्रा थुनामा रहेका साथीहरु सहमति अनुसार छाड्नेतर्फ सरकार अग्रसर भएन,’ विप्लव समूहका नेता बाँस्तोलाले हाम्राकुरासँग भने ।

उनीसहित नेता खड्गबहादुर विश्वकर्मा‘प्रकाण्ड’ले आइतबार सो विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षणसमेत गराएको उनले जानकारी दिए ।

सो क्रममा प्रधानमन्त्रीलाई सहमति कार्यान्वयनका लागि १० दिनको समय दिंदै ध्यानाकर्षण गराइएको उनले जानकारी दिए । बाँस्तोलका अनुसार करिब १ सय ३० को संख्यामा अहिले पनि आफ्ना नेताकार्यकर्ता विभिन्न मुद्दामा जेलमा रहेको बताए ।

सरकार र विप्लव समूहबीच भएको सहमतिमा विप्लव समूहले शान्तिपूर्ण राजनीतिको मार्गमा आउने, सरकारले विप्लव नेतृत्वको दलमाथि लगाएको प्रतिवन्ध फुकुवा गर्ने र जेलमा रहेका नेता कार्यकर्ता छाड्ने लिखित सहमति थियो । 

आइतबारको भेटपछि प्रधानमन्त्री ओलीले सहमति कार्यान्वयनको विषयमा पहल गर्न तत्कालिन वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराइलाई निर्देशन दिएका छन् ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले जघन्य प्रकृती बाहेकका घटनामा संलग्न रहेका विप्लव समूहका नेताकार्यकर्ताहरु छुटेको तर अदालतमा मुद्दा चल्दै गरेका र पुर्पक्षमा पठाइएकाहरु भने छुट्न बाँकी रहेको बताए ।

प्रहरी प्रवक्ता कुँवरका अनुसार विप्लव समुहका १ सय २५ जना भन्दा बढी नेताकार्यकर्ताहरु अझै विभिन्न मुद्दा चल्दै गरेकाले छुट्न बाँकी छन् । विप्लव समूहका केन्द्रीय समितिमा रहेका नेता हेमन्तप्रकाश  ओली ‘शुदर्शन’, चुडामणी ओली (आदर्श)लगायतका नेताहरु अहिले पनि जेलमै छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ