arrow

जसपाका नेताहरु निर्वाचन आयोगमाः विवाद मिलाउने आयोगको प्रयास, नभए इजलासमार्फत निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २२ मंगलबार
election-commission1-1618997712.jpg

काठमाडौं । जनता समाजवादी पार्टीका नेताहरु निर्वाचन आयोग पुगेका छन् । आयोगले जसपाका दुवै पक्षसँग छलफल शुरु गरेको छ ।

जसपा भित्र देखिएको विवादका विषयमा निर्वाचन आयोगले उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्षलाई मंगलबार आज छलफलका लागि आयोगको कान्तिपथस्थित केन्द्रीय कार्यालय बोलाएको थियो ।

आयोगले छलफलका लागि बोलाएपछि जसपाका अध्यक्ष यादव र ठाकुरसहितका दुबै समूहका शीर्ष तहका नेताहरु आयोग गएका हुन् ।

आयोगले आज विवाद समाधानका लागि सहमतिको प्रयास गरिने जनाएको छ । जसअनुसार दुबै पक्षले ‘हामी मिल्छौ’ भन्दै ‘सहमतिका लागि’ समय माग गरे आयोगले केही दिन समय दिने बताइएको छ ।

अन्यथा आयोग आफैं कानुन अनुसार विवाद समाधानको प्रक्रियामा जाने छ । यसरी अघि बढ्दा आयोगले अदालती शैलीमा इजलास गठन गरेर आवश्यक निणर्य लिने छ ।

‘सकेसम्म अझै पनि निर्वाचन आयोग जसपाको विवाद सहमतिबाटै समाधान होस् भन्ने चाहन्छ, आजको छलफल त्यही प्रयासका लागि हो, सहमति नभए आयोग कानुनी प्रक्रियाबाट विवाद समाधानका लागि अघि बढ्छ,’ आयोगका एक आयुक्तले हाम्राकुरासँग भने ।

यादव पक्षले राजनीतिक दल सम्बन्धी ऐन ४३ र ४४ बमोजिम पार्टीको आधिकारिकतामा दाबी गर्दै आयोगमा निवेदन दिएपछि आयोगले अर्को पक्षलाई पनि १५ दिनको समय दिएर जवाफ मागेको थियो । सो पक्षले पनि जवाफ दिएपछि आयोगले दुबै पक्षलाई पुनः छलफलका लागि बोलाएको हो ।

छलफलका लागि यतिबेला आयोगमा जसपाका यादव पक्षका नेताहरु राजेन्द्र श्रेष्ठ, महेन्द्रराय यादव, प्रकाश अधिकारी पुगिसकेका छन् भने ठाकुर पक्षका राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, शरदसिंह भण्डारी, केशव झा लगायतका नेताहरु पुगेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ