- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम पूर्वमन्त्री गगन थापाले सर्वोच्च अदालतको आदेश मनपरेन भने असहमत हुन पाइन्छ तर अस्वीकार गर्न नपाइँने प्रतिक्रिया दिएका छन् ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभा विघटनलाई खारेज गर्दै निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाउँदै देउवालाई प्रधानमन्त्री बनाउने परमादेश जारी गरेपछि थापाले फैसलाको स्वागत समेत गरेका छन् ।
थापाले प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको र अदालतले व्याख्या गर्दै संविधानको रक्षा गरेको प्रतिक्रिया दिएका छन् . उनले उत्तेजना, दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा पुर्याउने मूर्खता कतैबाट नगर्न पनि आग्रह गरेका छन् ।
उनले सामाजिक संजालमा लेखेका छन्, ‘प्रतिनिधिसभा विघटन असंवैधानिक थियो,सर्बोच्च अदालतले व्याख्या गर्दै संविधानको रक्षा गरेको छ।अदालतको आदेश मनपरेन भने असहमत हुन पाइन्छ तर अस्वीकार गरिँदैन।
उत्तेजना,दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा पुर्याउने मूर्खता कतैबाट नहोस् भन्ने आशागरौं। नत्र भिरबाट खस्नेलाई रामराम ।'