arrow

ओली प्रवृत्तिप्रति डा. भट्टराईको आक्रोश – ‘खसीको टाउको छिनाली सकेपछि पनि पुच्छर केही बेर फिटीफिटी गर्छ’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १ शुक्रबार
Baburam-bhattrai-stage.jpg.jpeg

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको प्रवृत्तिविरुद्ध फेरि कटाक्ष गरेका छन् । उनले ओलीप्रवृत्ति हिट्लरी नाजीवाद र फासीवादसँग मिल्दोजुल्दो भएको टिप्पणी गरेका छन् । 

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै डा भट्टराईले ओली प्रवृत्तिको चर्को विरोध गरेका हुन् । उनले लेखेका छन्, ‘आफू कुर्सीमा नरहे आकाशै खस्छ भन्ने ओलीप्रवृत्ति हिट्लरी नाजीवाद र फासीवादसंगँ मिल्दोजुल्दो छ ।’

उनले अगाडि हिटलरसँग तुलना गर्दै हिटलरको अन्त्यबारे लेखेका छन्, ‘जसले अन्त्यमा सपरिवार आत्महत्या गरेथ्यो ।’

भट्टराईले ओलीको बहिर्गमनपछिको सडक तमासादेखि लुम्बिनी प्रदेशको जात्रासम्मको जात्राले पनि पुष्टि गरेको बताएका छन् । उनले ओली प्रवृत्तिको छिट्टै अन्त्य हुनेतर्फ संकेत गर्दै लेखेका छन्, ‘खसीको टाउको छिनाली सकेपछि पनि पुच्छर केही बेर फिटीफिटी गर्छ ।’

अगाडि उनले लेखेका छन्, ‘खसीको टाउको छिनाली सकेपछि पनि पुच्छर केही बेर फिटीफिटी गर्छ  ! ओलीको बहिर्गमनपछिको सडक तमासादेखि लुम्बिनी प्रदेशको जात्रासम्म हेर्दा त्यही पुष्टी हुन्छ ! आफु कुर्सीमा नरहे आकाशै खस्छ भन्ने ओलीप्रवृत्ति हिट्लरी नाजीवाद–फासीवादसंग मिल्दोजुल्दो छ,जसले अन्त्यमा सपरिवार आत्महत्या गरेथ्यो !’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ