arrow

ओली हटेपछि विप्लवको नेताहरुसँगको भेटघाट किन बाक्लियो ? शुक्रबार बाबुरामको पालो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १ शुक्रबार
baburam-biplav.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवको सत्ता घटक दलहरुसँगको छलफल बाक्लिएको छ । केपी शर्मा ओली नेतृत्वको सरकार बाहिरिएपछि विप्लवले एकाएक नयाँ सत्ता घटक दलहहरुका नेताहरुसँगै कम्युनिष्ट नेताहरुसँगको भेटघाटलाई तीव्रता दिएका हुन् । 

मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि बुधबारदेखि एकाएक विप्लवले भेटघाट बाक्लो बनाएका हुन् । 

उनले बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए । त्यसलगत्तै उनले बिहीबार बिहान नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटे । 

माधव नेपालसँगको भेट सँगसँगै प्रचण्ड फेरि माधव नेपाल कहाँ पुगे र फेरि सामूहिक कुराकानी गरे । 

शुक्रबार बिहान विप्लवले जनता समाजवादी पार्टी जसपा नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईलाई भेटे । 

भेटमा के भइरहेको छ भनी नेताहरुले बताउन खोजिरहेका छैनन् । उनीहरुले समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको मात्र बताइरहेका छन् । 

विप्लवले कम्युनिष्ट घटकहरु एक हुनुपर्नेमा जोड दिएको बताइन्छ । उनले पूर्व माओवादीहरु सबै फेरि एक ठाउँमा उभिएर एकता गरी अगाडि बढ्नु पर्ने बताइरहेकोसमेत बताइन्छ । 

अर्कातिर शेरबहादुर देउवा नेतृत्वकै पालामा २०५२ सालमा ४० बुँदे माग राखेर तत्कालीन माओवादी भूमिगत भएर सशस्त्र द्धन्द्ध गरेको थियो । अहिले फेरि देउवा सत्तामा रहँदा विल्लवलाई छटपटी भएको हुन सक्ने तर्क पनि गरिएको छ । 

त्यतिमात्र हैन ओली सरकारका पालामा विप्लव सहमति गरेर भूमिगत राजनीतिबाट बाहिर आएका थिए । तर ओलीले नै विप्लव समूहलाई आतंकवादी समूह घोषित गरेको थियो । 

अहिले नयाँ सरकारबाट आफूहरुलाई अप्ठेरो हुने हो कि भन्ने आशंकाले पनि विप्लवले माहोल बनाएको हुन सक्ने आँकलन गरिएको छ । विप्लवका केही नेताहरु अझै रिहा भएका छैनन् । यसका लागि पनि उनले सक्रियता बढाएको आँकलन भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ