arrow

विप्लवले बालुवाटारमा भेटे प्रधानमन्त्री देउवा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ६ बुधबार
biplav-deuba-singhadarbar.JPG

काठमाडौँ। नेकपाका महासचिव नेत्रविक्रम चन्दले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेका छन्। विप्लवसँगै नेकपाका नेताहरू खड्गबहादुर विश्वकर्मा र धर्मेन्द्र बास्तोलाले पनि भेटेका छन्। 

केपी ओली सरकारले विप्लव नेतृत्वको नेकपासँग तीन बुँदे सहमति गर्दै उनको पार्टीमाथि लागेको प्रतिबन्ध फुकुवा गरेको थियो। उक्त सहमति अनुसार  सरकारले नेकपामाथिको प्रतिबन्ध हटाउँदै पक्राउ गरिएका बन्दीको रिहाइ र मुद्दा खारेजी गर्ने र त्यस्तै, नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने सहमति भएको थियो। 

उक्त सहमति अनुसार पक्राउ गरिएका बन्दी रिहाइ र मुद्दा खारेजी बारे प्रधानमन्त्रीको ध्यानाकर्षण गरेका विप्लवले पछिल्लो समय राजनीतिक सक्रियता बढाएका छन्। उनले नेपाली राजनीतिमा रहेका शीर्ष र प्रभावशाली नेताहरूसँगको भेटवार्ता बाक्लो बनाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ