हिन्दु विरोधी अभिव्यक्ति दिएको भन्दै बाबुराम भट्टराईको पुत्ला दहन
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ७ बिहिबार
1.3k
Shares
पर्सा । विश्व हिन्दु परिषद् नेपालले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको वीरगन्जमा पुत्ला दहन गरेको छ । सनातन धर्म विरुद्ध अभिव्यक्ति दिएको भन्दै परिषद्ले डा. बाबुराम भट्टराईको पुत्ला दहन गरेको हो ।
जसपा पार्टीका सङ्घीय परिषद्का अध्यक्ष समेत रहेका भट्टराई विरुद्ध वीरगन्जमा नाराबाजी सहित जुलुस प्रदर्शन गर्दै उनको पुत्ला जला एका हुन । भारत युपीका मुख्यमन्त्री योगी आदित्यनाथले गङ्गा नदीमा दूध अर्पण गरी पूजापाठ गरिरहेको तस्बिरलाई भट्टराईले आफ्नो सोसल एकाउन्ट ट्विटर मार्फत शेयर गर्दै हिन्दु धर्ममाथि अभद्र टिप्पणी गरेका थिए ।
उनले गरेको टिप्पणीको चौतर्फी रूपमा हिन्दुवादीसँग सङ्गठनहरूले विरोध गर्दै प्रदर्शन गरेको छन् । त्यसकै क्रममा विश्व हिन्दु परिषद् नेपालले पनि वीरगन्जमा भट्टराई विरुद्ध प्रदर्शन गर्दै उनको पुत्ला जलाएर विरोध जनाएकाे हाे।
वीरगन्जको माई स्थान चोकमा भेला भएका हिन्दु युवाहरूले भट्टराई विरुद्ध चर्को नाराबाजी गर्दै जुलुस प्रदर्शन गरेका हुन । विरोध प्रदर्शनमा हिन्दु युवाहरूले बाबुराम भट्टराई मुर्दावाद, हिन्दु धर्मलाई अपमान गर्न पाइँदैन, भट्टराईलाई कडा कारबाही गर्नुपर्ने लगायतको नारा बाजी गरेका थिए ।
भट्टराईको पुत्ला सहित निकालिएको विरोध जुलुस नगर परिक्रममा पश्चात् घण्टाघर चोकमा पुगेर प्रहरीको कडा सुरक्षाका बिच उनको पुत्ला दहन गर्दै चर्को आलोचना समेत गरेका थिए ।
कोणसभालाई सम्बोधन गर्दै परिषद्का वीरगन्ज महानगर उपाध्यक्ष कृष्ण मोहन सहायले पौराणिक काल देखि चल्दै आएको हाम्रो सनातन धर्म विरुद्ध बारम्बार आक्रमण गरी हिन्दुहरूको आस्थासँग खेलबाड गरेको प्रति घोर विरोध जनाउँदै हिन्दुको आस्था सँग खेलबाड गर्ने विरुद्ध अब प्रतिकारमा उत्रिने चेतावनी दिए ।
भट्टराईलाई चेतावनी दिँदै उनले भने, तपाईँलाई हाम्रो रीतिरिवाज बारे जानकारी छैन भने आउनुस् म तपाईँलाई हिन्दु धर्मको रीतिरिवाज बारे ज्ञान सिकाउँछौ तर हाम्रो हिन्दु आस्थामाथि प्रहार गर्न खोज्यो भने, हामी हनुमान भएर तपाईँको छाती चिरेर त्यसको जवाफ दिने छौ ।
अल्पसङ्ख्यकको राजनीतिक गरेर चर्चा कमाउन बहुसङ्ख्यकको अपमान गर्ने राजनीति विगत केही वर्षदेखि कथित जन आन्दोलन पछि यस्तो विकृति बढ्दै गएको छ । बाबुराम भट्टराईको यो पहिलो घट्न होइन उनले विगतमा पनि हिन्दु धर्म संस्कृतिलाई अपमानित हुने खालको अभिव्यक्ति दिँदै आएको उनीहरूको गुनासो रहेको छ ।
विगत जनआन्दोलन पछि कम्युनिस्ट विचार धारा तथा माओवादी जनआन्दोलनबाट आएका कथित आफूलाई बुद्धिजीवी र सम्भ्रान्त मान्ने मानसिकता भएका बाबुराम भट्टराईले विदेशीको डलर तथा ओली बाइनमा रमाएर आफ्नो धर्म संस्कृति नष्ट पार्दै आएको उनीहरुको आरोप छ ।
उनले हिन्दु धर्म संस्कृतिलाई समाप्त पार्नको लागि विदेशी एजेन्डा लिएर नेपालमा उनीहरूकै लागि राजनीतिक गर्ने पछिल्लो समयमा हिन्दु आस्था माथि प्रहार गरेर आफ्नो राजनीतिक चम्काउने कार्य विगतदेखि नै गर्दै आएका हिन्दु अगुवाहरूको बताएका छन् ।