arrow

हिन्दुत्व बिरोधी अभियानमा सक्रिय बाबुरामबिरूद्व प्रर्दशन, तस्वीर जलाइयो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ९ शनिबार
babutram-pic.jpg

काठमाडौं। राष्ट्रिय एकता अभियानले काठमाडौंमा जनता समाजवादी पार्टी नेपाल (जसपा)का सङ्घीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध प्रदर्शन गर्दै उनको तस्वीरहरु जलाएको छ ।

काठमाडौंको बालकुमारीमा रहेको जसपा पार्टी कार्यालय अगाडि नै  हिन्दुत्वविरोधी घृणा फैलाउने कार्य गर्ने पूर्व प्रधानमन्त्री भट्टराईविरुद्ध नाराबाजी गर्नुका साथै उनको तस्वीर जलाइएको हो।

अभियानका संयोजक विनय यादवको नेतृत्वमा भएको प्रदर्शनको क्रममा अभियानका कार्यकर्ताहरुले पूर्व प्रधानमन्त्री भट्टराईको तस्वीर जलाउँदै उनीविरुद्ध चर्को नाराबाजी गरेका थिए।

प्रदर्शनको क्रममा अभियानका कार्यकर्ताहरुले इसाईका दलाल बाबुराम-मुर्दावाद, देश वेचुवा बाबुराम-मुर्दावाद, रक्तपिपासु बाबुराम -मुर्दावाद र मातृभुमिका गद्दार-मुर्दावाद भन्दै पूर्वप्रधानमन्त्री भट्टराईविरुद्ध चर्को नाराबाजी गरेका थिए।

अभियानका संयोजक यादवले पछिल्लो समय पूर्व प्रधानमन्त्री भट्टराईले हिन्दुत्वविरोधी घृणा फैलाउने अभिब्यक्ति दिँदै आएकोले उनको पुतला दहन गरिएको बताए।

उनले भने, ‘पूर्व प्रधानमन्त्री भट्टराईले हिन्दुत्वविरोधी घृणा फैलाउने काम गर्दै आफूलाई मिरिनरी चर्चका एजेण्ट भएको प्रमाणित गरिरहेका छ्न्।

केहि दिनअघि पूर्व प्रधानमन्त्री भट्टराईले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ लगायतले पुजा गर्ने क्रममा दुधसहितका बस्तु गंगामा चढाएको तस्बिरलाई ट्वीट गर्दै हिन्दुत्वविरोधी घृणा फैलाउने स्टाटस लेखेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ