arrow

उत्साहित देखिएका उपेन्द्र यादवले भने : केही दिनमै सरकारमा सहभागी हुन्छौं

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ११ सोमबार
upendra-yadav-election-commission-jasapa.jpg

काठमाडौं । ‘हेड काउन्ट’का लागि निर्वाचन आयोगमा पुगेका जनता समाजवादी पार्टी नेपाल जसपाको उपेन्द्र यादव पक्ष उत्साहित देखिएको छ । आफ्नो पक्षमा बहुमत सांसद र कार्यकारिणी समिति सदस्यहरु पुग्ने दाबी गरिरहेको उक्त पक्ष उत्साहित बनेको हो ।

केही समय अघिसम्म संसदीय दलमा बहुमत रहेको महन्थ ठाकुर पक्षका नेताहरु निराश झैं देखिएका छन् । किनकी उक्त पक्ष हेड काउन्टको अवस्थामा आइपुग्दा कमजोर बनेको छ । उत्साहित देखिएका उपेन्द्र यादवले आफ्नो पार्टी छिट्टै शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने बताएका छन् ।

सोमबार निर्वाचन आयोग परिसरमा संचारकर्मीहरुसँग कुरा गर्दै उनले आफ्नो पक्षमा निर्वाचन आयोगमा बहुमत कार्यकारिणी सदस्यको हस्ताक्षर जुटेको भन्दै महन्थ ठाकुर पक्षले आत्मालोचना गरेर आए पार्टीले बिचार गर्न सक्ने पनि बताए ।

५१ सदस्यीय कार्यकारिणी समितिका ३४ जनाले उपेन्द्र पक्षमा सनाखत गरिसकेका छन् भने जेलमा रहेका रेशम चौधरीले पनि यादवलाई साथ दिने बताइएको छ । ठाकुर पक्षमा कार्यकारिणी समितिका १६ जना मात्र पुग्ने संभावना छ ।

त्यस्तै जसपाका अर्का नेता महेन्द्र राय यादवले पनि आफूहरु सरकारमा छिटै सहभागी हुने बताए । पार्टीको आधिकारिकता प्राप्त भएपछि संसदीय दलको बैठक बसेर सरकारमा जाने बारे सल्लाह गर्ने बताए ।

सनाखतका लागि दावीकर्ता यादव पक्ष र जवाफकर्ता महन्थ ठाकुर पक्षलाई आयोगमा  सक्कल नागरिकता र परिचयपत्रसहित उपस्थित छन् ।  संभवत आजै जसपाको विवाद छिनोफानो गर्नेगरी आयोगले तयारी गरेको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ