- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । निर्वाचन आयोगले उपेन्द्र यादवले नेतृत्व गरेको जसपालाई आधिकारिकता दिएको छ । आयोगले जसपाको विधान, केन्द्रीय कार्यकारिणी समितिमा रहेका सदस्यता सङ्ख्या र जसपाको दुवै पक्षका कागजातको अध्ययनपछि प्रमुख आयुक्तको नेतृत्वमा रहेको इजलासले उपेन्द्र पक्षलाई आधिकारिकता दिएको हो ।
जसपाको ५१ सदस्सीय कार्यकारिणी समितिमा उपेन्द्र पक्षमा ३४ जना उभिएका छन् । यस्तै महन्थ ठाकुरको पक्षमा १६ जना उभिएका छन् भने रेशम चौधरी दुवै पक्षमा नखुली तटस्थ बसेका छन् ।
आयोगले राजनीतिक दल सम्बन्धी ऐनमा भएको व्यवस्था अनुसार इजलास गठन गरेर जसपाको आधिकारिकताको छिनोफानो गरेको हो ।
जसपाका अध्यक्ष द्वय उपेन्द्र र महन्थ पक्षबिच आधिकारिकता सम्बन्धी विवाद भएपछि निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूलाई सोमबार आयोगमै बोलाएर सनाखत गरेको थियो ।
आयोगले जसपा विवादबारे ३ साउनबाट इजलासमा सुनुवाइ सुरु गरेको थियो ।