arrow

उपत्यकामा आठ सयबढी संक्रमित थपिए, देशभर थप ३३ को मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १३ बुधबार
corona-variant.jpg

काठमाडौँ । पछिल्लो २४ घण्टा भित्र काठमाडौँ उपत्यकामा ८ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  पछिल्लो समय काठमाडौँमा सबैभन्दा धेरै ५५९, ललितपुरमा २०६ र भक्तपुरमा ९४ संक्रमण पुष्टि भएको हो । साथै  कास्कीमा ३१६, झापामा १९४, मोरङमा १८९, चितवनमा १८५ र सुनसरीमा १७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या नौ हजार ७९१ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप ३३ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ भने मृत्यु दर १.५ प्रतिशत रहेको छ । 

 देशभर पछिल्लो २४ घण्टामा थप तीन हजार ८४० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १० हजार ८८६ पिसिआर परीक्षणमा दुई हाजार ६३४ र चार हजार ९२२ एन्टिजेन परीक्षणमा एक हजार २०६ जना गरी जम्मा तीन हजार ८४० जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा पिसिआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमितको सङ्ख्या छ लाख ८८ हजार ३०७  पुगेको छ । एन्टिजेन परीक्षणमा संक्रमित हुनेको सङ्ख्या ५८ हजार ३५० रहेको छ । पछिल्लो समय थप एक हजार ९९३ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या छ लाख ४९ हजार ७२ पुगेको छ । निको हुने दर ९४ दशमलव ३ रहेको पनि मन्त्रालयले जनाएको छ । 

हाल नेपालमा २६ हजार ६५२ जना होम आइसोलेशन तथा दुई हजार ७९२ जना संस्थागत आइसोलेशन छन् । त्यसैगरी ६११ जना आइसीयु र १६८ जना भेन्टिलेटरमा उपचाररत छन् । देशभर सक्रिय संक्रमितको सङ्ख्या २९ हजार ४४४ जना रहेको छ ।

नेपालमा हालसम्ममा १५ लाख तीन हजार ३१२ ले पूर्ण खोप लगाएका छन् भने ३५ लाख ४४ हजार ४३ ले पहिलो मात्रा लागाएका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ