- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । विभाजनको अवस्थामा रहेको नेकपा एमालेले साउन २४ गतेका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको छ । त्यस्तै भदौं २७ र २८ गते पार्टीको विधान महाधिवेशन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आइतबार बसेको एमाले स्थायी कमिटी बैठकले साउन २४ गते केन्द्रीय कमिटी बैठक बस्ने साथै स्थानीय तहको अधिवेशन असोज ९ गतेभित्र गरिसक्ने निर्णय पनि गरेको प्रवक्ता प्रदिप ज्ञवालीले जनाएका छन् ।
बैठकले सदस्यता नवीकरण र अध्यावधिकका लागि समयसीमा तोकेको छ । त्यस्तै साउन २३ गतेभित्र सबै ठाउँका पार्टी कमिटी, जिल्ला पार्टी कमिटी र प्रदेश पार्टी कमिटीले सदस्यता नवीकरण र अध्यावधिक गरेर केन्द्रमा पठाइसक्नुपर्नेछ ।
भदौ २७ र २८ गते विधान महाधिवेशन गर्न लागिएकाले सदस्यता अध्यावधिक र नवीकरण गर्ने काम टुंग्याउने निर्णय भएको प्रवक्ता ज्ञवालीले विज्ञप्तिमार्फत जनाएका छन् । बैठकले देशभरका सबै पालिकास्तरको अधिवेशन आउँदो असोज ९ सम्म गरिसक्ने निर्णय भएको छ । त्यस्तै असोज ३ गते वडा तहको अधिवेशन गरिसक्ने तय भएको छ ।