arrow

विमानस्थलको भवनबाट सिमेन्ट खसेपछि

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २२ शुक्रबार
janakpur-airport.jpg

जनकपुरधाम । जनकपुरधाम विमानस्थलको नवनिर्मित टर्मिनल भवनको भित्री भागको छानोमा लगाएको सिमेन्ट बोर्ड खस्दा एक जना घाइते भएका छन् । घाइते हुनेमा गाडी चालक धनुषाको धनौजी गाउँपालिका वडा नम्बर ५ बअुहर्वाका ३९ वर्षीय उसलेन खान रहेका छन् ।

शुक्रवार मध्यान्ह यात्रीको प्रतीक्षामा यात्री प्रतीक्षालय कक्षमा बसेको बेला छानोको सिमेन्टबोर्डको एक भाग खानको टाउकोमा खसेको थियो । खानको टाउको फुटेर गम्भीर चोट लागेपछि जनकपुरधाम स्थित जानकी हेल्थकेयरमा पुर्‍याइएको थियो । उनको टाउकोमा १५ वटा टाँका गरिएको प्रहरी स्रोतले जानकारी दिए।

झन्डै १ वर्ष लगाएर ४२ करोड रुपैयाँ लागतमा निर्माण भएको विमानस्थलको टर्मिनल भवन ८ महिनाअघि २३ मङ्सिर २०७७ मा सञ्चालनमा आएको थियो। एक वर्ष नबित्दै टर्मिनल भवन भत्किन थालेको छ ।

यसअघि पनि विमानस्थलको माथिल्लो टप टर्मिनल भवनको जिप्सनहरु झरेपछि त्यसको पुनर्निर्माण कार्य भइरहेको छ । जनकपुरधामस्थित जानकी हेल्थ केयर एन्ड टिचिङ हस्पिटलमा उपचार भइरहेको घाइतेको क्षतिपूर्ति कसले दिने त्यसको टुङ्गो छैन । विमानस्थलको नयाँ भवनमा कहाँबाट कति बेला कुन बस्तु झर्छ कुनै पत्ते छैन । 

करिब आठ वर्ष अगाडि ४२ करोडको लागतमा टर्मिनल भवन निर्माणको ठेक्का पाएको थेगिन जाल्भा, उमा जेभी कन्स्ट्रक्सन कम्पनीले गत मंसिर २३ गते भवन हस्तान्तरण गरी सञ्चालनमा ल्याइएको थियो । तर आठ महिना नबित्दै सिमेन्ट बोर्ड र जिप्सन, पलाई र फलामहरू धमाधम झर्न थालेपछि ज्यानै जाने जोखिम देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ