arrow

पाँच दलीय गठबन्धनको न्यूनतम साझा कार्यक्रम (पूर्ण पाठ)

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २४ आइतबार
deuba-government-five-party.JPG


काठमाडौँ । वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारले आफ्नो न्यूनतम साझा कार्यक्रम प्रस्तुत गरेको छ । आइतबार देउवा नेतृत्वको पाँच दलीय गठबन्धनको सरकार सञ्चालनको लागि न्यूनतम साझा कार्यक्रम प्रस्तुत गरिएको हो  । 

सरकारले चुरे क्षेत्रबाट हुने गिट्टी बालुवाको उत्खनन रोक्ने घोषणा गरेको छ ।  त्यस्तै सरकारले प्राकृतिक विपत्तिबाट विकट क्षेत्रमा हुने गरेको क्षति रोक्न एयर एम्बुलेन्सको व्यवस्था गरिने घोषणा गरेको छ ।  सरकारले आफ्नो हेरचाह आफैँ गर्न नसक्ने नागरिकलाई भत्ता उपलब्ध गराउने बताएको छ । 
 
सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रममा सङ्घीयता कार्यान्वयनका लागि तीन तहका सरकारको क्षेत्राधिकार र अन्तर सम्बन्धलाई संविधान बमोजिम कार्यान्वयन गर्ने उल्लेख गरिएको छ । 

यसअघि सरकारले स्थानीय तहलाई प्रदेश मातहत राख्न खोजेको भन्दै चौतर्फी आलोचना भएको थियो । विपक्षी दलहरुलेसमेत यो विषयमा आपत्ति जनाएका थिए । तर, सरकारले भने सरकारको न्यूनतम साझा कार्यक्रममार्फत तीनै तहका सरकारको क्षेत्राधिकार र अन्तर सम्बन्धलाई संविधान बमोजिम कार्यान्वयन गर्ने गरी कार्यक्रम प्रस्तुत गरेको हो । 

कार्यक्रममा संविधान बमोजिम प्रदेशलाई हस्तान्तरण गर्न बाँकी रहेका मन्त्रालय मातहतका निकायहरू हस्तान्तरण गर्ने उल्लेख छ । 

 न्युनतम साझा कार्यक्रम



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ