arrow

निर्वाचन आयोगको अभिलेखमा जसपाको अध्यक्ष उपेन्द्र यादव

महन्थ ठाकुर र राजेन्द्र महतो साधारण सदस्य मात्रै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २५ सोमबार
jasapa-rajpa-thakur-yadav.jpg

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय जनता पार्टी नेपाल नामक दलको अभिलेख अद्यावधिक गरेको छ । आयोगले जसपाको अध्यक्षमा उपेन्द्र यादवको नाम चढाउँदै नयाँ कार्यकारिणी समितिको विवरणको अभिलेखलाई अद्यावधिक गरेको हो ।

योसँगै जसपाका नेता रहेका महन्थ ठाकुर र राजेन्द्र महतो जसपाको साधारण सदस्य मात्रै बनेका छन् । यादव पक्षले जसपाको आधिकारिकता ११ साउनमा पाएको थियो । त्यसपछि बसेको कार्यकारिणी समितिको बैठकले विवरण अद्यावधिक गरिदिन आयोगमा पत्र पठाएको थियो । सोही पत्रका आधारमा आयोगले यादवलाई अध्यक्ष बनाइएको रेकर्ड अद्यावधिक गरिदिएको हो । 

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जसपाले कार्यकारिणी समिति बैठकबाट निर्णय गरी पठाइएको विवरणलाई आयोगले अद्यावधिक गरिदिएको जानकारी दिएका हुन् ।

आयोगले ११ साउनमा जसपाको विवाद छिनोफानो गर्दा कूल ५१ मध्ये यादव पक्षमा ३४ जना कार्यकारिणी सदस्य उभिएका थिए । आयोगको सो निर्णयका विरुद्ध ठाकुर पक्ष सर्वोच्च अदालत नै गएको थियो । तर सर्वोच्च भने आयोगकै निर्णय अनुसार अघि बढेको छ । रेशम चौधरीलाई भने ठाकुर पक्षले कार्यकारिणी सदस्य राखेको छ । 

ठाकुर पक्षका १६ जनाबाहेकको केन्द्रीय कार्यकारिणी समिति आयोगको अभिलेखमा कायम भएपछि अब ठाकुर, महतो, सरतसिंह भण्डारी लगायत १६ जना पहिलेका कार्यकारिणी सदस्य जसपाको साधारण सदस्य मात्रै बनेका छन् । हाल ठाकुर सहितका सो समूहका नेताहरू भने प्रदेश २ का जिल्ला दौडाहामा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ