arrow

एनआरएनएका प्रतिनिधिले भेटे प्रधानमन्त्रीलाई : नागरिकता, गोर्खा सैनीक सत्याग्रहको बारे गराए ध्यानाकर्षण 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २६ मंगलबार
nrna-deuba.jpg

काठमाडौँ ।  गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तको प्रतिनिधित्वमा मङ्गलवार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छ । भेटमा अध्यक्ष पन्तले  प्रधानमन्त्री देउवालाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे । 

अध्यक्ष पन्तले हालसम्म सङ्घले नेपाल सरकारसँग गरेको सहकार्यबारे स्मरण गराउँदै लामो समयदेखि संसद्मा विचाराधीन गैरआवासीय नेपाली नागरिकताको विधेयकका सम्बन्धमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराए  ।

यस्तै पछिल्लो विषम अवस्थामा विदेशमा रहेका नेपाली श्रमिकहरूको उद्धार, नेपाल ल्याइएका श्रमिकहरूको पुनर्स्थापना लगायतका विषयमा नेपाल सरकारले यथाशक्य छिटो राहतमुखी कार्यक्रम ल्याउन समेत अध्यक्ष पन्तले आग्रह गरे । 

यस्तै सो अवसरमा उपस्थित सङ्घका पूर्व अध्यक्ष जीवा लामिछानेले बेलायतमा रहेका ब्रिटिश गोर्खाको सत्याग्रहको विषयमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउँदै उनीहरूको समस्या समाधानका लागि बेलायत सरकारसँग कूटनीतिक रूपमा पहल गरिदिन आग्रह गरे । उनले लामो समयदेखि विचाराधीन गैरआवासीय नेपाली नागरिकताको विषयमा पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराए ।

सो क्रममा प्रधानमन्त्री देउवाले संविधानमा व्यवस्था भए बमोजिम छिट्टै गैरआवासीय नेपाली नागरिकता लगायतका विषय टुङ्गो लगाउने प्रतिबद्धता व्यक्त गरे ।  भेटका क्रममा सङ्घका उपाध्यक्ष द्वय सोनाम लामा, रविना थापा, गैरआवासीय नेपाली सङ्घ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटा, सङ्घका कार्यकारी प्रमुख राजेश राणा लगायतको उपस्थिति रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ