arrow

ओलीप्रति बाबुरामको टिप्पणी: ‘जो चोर उसैको ठुलो स्वर !’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २६ मंगलबार
baburam2.jpg

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष एवम पूर्वपधानमन्त्री डा.बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार प्रतिनिधिसभामा गरेको सम्बोधनलाई लिएर कडा टिप्पणी गरेका छन् ।

‘सबको औषधी दैवले रचिदियो बिर्सेछ कि मूर्खको !’ भन्दै ओलीको सम्बोधनलाई स्कुलमा पढेको कविताको स्मरण गर्दै टिप्पणी गरेका हुन् । मंगलबार सामाजिक संजालमार्फत डा.भट्टराईले ओलीले भ्रष्टाचारको पहाडबारे कुनै क्षमायाचना नगरेको, पटकपटक संविधानको उल्लंघन,संसदको हत्या,अध्यादेशको राज,भ्रष्टाचारको पहाड बारे न कुनै क्षमायाचनाको भन्दै टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्,‘सबको औषधी दैवले रचिदियो बिर्सेछ कि मूर्खको !’ भर्खरै आफ्नै कुकर्मले सत्ताच्यूत भएका ओलीको संसदमा कुरा सुन्दा र हाउभाउ हेर्दा स्कूलमा पढेको कवितांशको याद आयो ! पटकपटक संविधानको उल्लंघन,संसदको हत्या,अध्यादेशको राज, भ्रष्टाचारको पहाड बारे न कुनै क्षमायाचना । उल्टै जो चोर उसको ठुलो स्वर !’

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ