arrow

जसपामा डा.बाबुराम भट्टराई र उपेन्द्र यादवबीच मतभेद  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २८ बिहिबार
jasapa-meet-yadav-bhattarai.jpg

काठमाडौं । सरकारमा पार्टीबाट नेतृत्व कसले गर्ने भन्ने विषयमा जनता समाजवाद पार्टीका सङ्घीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराइ र कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादबीच मतभिन्नता सुरु भएको छ । 

डा. भट्टराई सरकारमा जसपाको नेतृत्व राजेन्द्र श्रेष्ठले गरुन् भन्ने चाहन्छन् । उनी पार्टीको चौथो वरियतामा छन् । तर पार्टी अध्यक्ष यादव आफैं पार्टीबाट सरकारको नेतृत्व गर्न चाहन्छन् । यादव निकट नेताहरू यादवले नै सरकारका नेतृत्व गरुन् भन्ने चाहना राखेका छन् । 

पार्टीबीच मतभिन्नता भइरहेको बेला भट्टराइ पत्नी हिसिला यमीले सामाजिक सञ्जालमा राखेको एउटा ट्विटले झनै विवाद सिर्जना गर्‍यो । यमिले ‘पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीकोलागि आँट गर्नु पर्छ’ भनी ट्विट गरिन् । यमीको चाहना थियो, अब उपेन्द्र मन्त्रीकोलागि प्रयास गर्नु हुन्न । यसको मतलब हो यादव देउवा सरकारमा जानु हुन्न ।

जसपाबाट राजेन्द्र श्रेष्ठले पार्टीको नेतृत्व गर्दै सरकारमा गए भने यसको सन्देश मधेसमा राम्रो नजाने र यसको फाइदा अर्को पक्ष महन्थ ठाकुृरले उठाउने यादव पक्षधर नेताहरूको बुझाइ छ । जसपाको मूल आधार मधेस भएकोले मधेसलाई चिढ्याउन नहुने यादव निकट नेताहरूको भनाइ छ ।

यादव निकट नेता मृगेन्द्र सिंह यादवले भने, अहिलेको परिस्थितिमा पार्टी अध्यक्षले नै पार्टीको नेतृत्व गर्दै सरकारमा जान उपयुक्त हुन्छ ।’ पार्टी अध्यक्ष सरकारमा जान चाहेमा अध्यक्षलाई कसैले रोक्न नसक्ने यादवले बताए । ‘लोकतान्त्रिक पार्टीमा फरक फरक विचार आउँछन् । यो स्वाभाविक हो । तर पार्टी अध्यक्ष ज्यु सरकारमा जान चाहनु भयो भने उहाँलाई रोक्ने कोही छैन’यादवले भने ।

त्यसो त, पार्टीबाट सरकारको नेतृत्व महेन्द्र यादवले गरुन् भन्ने महेन्द्रले निकट नेताहरू चाहन्छन् । उनी सुरुमै महन्थ ठाकुर पक्षबाट उपेन्द्र यादव पक्षमा पुगेका थिए ।  उपेन्द्र यादव पक्षलाई बलियो बनाउने काममा महेन्द्र यादवको ठुलो भूमिका छ । उनकै पहलमा ठाकुर निकट नेताहरूलाई उपेन्द्र यादव पक्षमा ल्याइएको थियो । त्यसैले सरकारमा पार्टीबाट महेन्द्र यादवले नेतृत्व गर्नु पर्छ भन्ने महेन्द्र निकट व्यक्तिको माग छ । त्यसो त, पार्टीको नेतृत्व गर्दै सरकारमा जान रेणु यादवले पनि प्रयास गरेकी छन् । 

सरकारमा जान राजेन्द्र श्रेष्ठ, महेन्द्र यादव, रामसहाय यादव, मृगेन्द्रसिंह यादव, रेणु यादव, प्रदीप यादव, सूर्यनारायण यादव, रामबाबु यादव, सुरेन्द्र यादव, इस्तियाक राइ, प्रमोद साहले चाहना राखेका छन् ।  ओली सरकारमा सहभागी भएकाहरूलाई देउवा सरकारमा पठाउनु हुन्न भन्ने माग जसपाभित्र जोडदार रूपमा उठेको छ । यो माग कार्यान्वयन भएमा राजकिशोर यादव र रेणुका गुरुङ सरकारमा जान पाउँदैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ