arrow

माओवादी केन्द्रीय समिति बैठक बस्दै: सरकारलाई सफल बनाउन अधिकतम प्रयास गर्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३० शनिबार
Parisdanda-maoist-cpn.jpg

काठमाडौं। नेकपा(माओवादी केन्द्र)ले वर्तमान गठबन्धन सरकारलाई सफल बनाउन आफ्नोतर्फबाट अधिकतम प्रयास गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रवार बसेको स्थायी समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई सफल बनाउने गरी परिचालित हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका थिए । 

शनिवारदेखि केन्द्रीय समितिको बैठक बस्नेछ । शेरबहादुर देउवा नेतृत्वमा रहेको सरकालाई पूर्णता दिन विलम्ब हुनुका बारेमा पनि पार्टीमा छलफल हुने बताइएको छ। 

अध्यक्ष दाहालले वाम लोकतान्त्रिक सरकारलाई सफल बनाउन पार्टीका तर्फबाट अधिकतम प्रयास गर्न पार्टीको समग्र पङ्क्तिलाई परिचालित हुन निर्देश गरेका थिए । 

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार शनिवारदेखि सुरु हुने केन्द्रीय  समितिको बैठकमा अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन एवं साङ्गठनिक प्रतिवेदन पेस गर्ने निर्णय भएको छ । 

बैठकमा वाम लोकतान्त्रिक सरकारलाई सफल बनाउने, संविधानको रक्षा र कार्यान्वयन, राष्ट्रियताको रक्षा एवं संवर्द्धनका विषयमा छलफल भएको थियो ।  यस्तै, मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी सङ्गठनको अवस्थाका बारेमा छलफल हुने गरी प्रस्ताव तय भएको माओवादी केन्द्रले जनाएको छ । 



नयाँ