arrow

माओवादी केन्द्रको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा प्रचण्डको प्रतिवेदनमाथि छलफल हुने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३१ आइतबार
mahobadi-kendra-CCM.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज दोस्रो दिन पनि जारी छ । विहान स्थायी कमिटी र त्यसपछि केन्द्रीय कमिटी बैठक बस्ने तयारी छ  ।

शनिबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल गर्न ८ वटा समूह विभाजन गरिएको थियो । आजको बैठकमा ती समूहगत छलफलको निष्कर्ष प्रस्तुत गरिने छ ।

प्रचण्डले आगामी पुस ११ गतेदेखि गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेका छन् । उनले पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव राखेका थिए ।

८ पृष्ठ लामो प्रतिवदेनमा अध्यक्ष दाहालले वर्तमान सत्ता गठबन्धलनाई निर्वाचनसम्म लैजाने प्रस्ताव गरेका थिए ।

स्थायी कमिटी बैठकमा पनि प्रचण्डको सोही प्रतिवेदन र गठबन्धन सरकारको विस्तारमा भइरहेको ढिलाइबारे छलफल भइरहेको छ । स्थायी कमिटी विहान ८ बजे र केन्द्रीय कमिटी बैठक ११ बजेलाई बोलाइएको सचिवालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ