arrow

अफगानिस्तानबाट १४ हजार बढी नेपाली कामदारलाई तुरून्त स्वदेश फर्काउन डा.भट्टराईको माग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३१ आइतबार
baburam2.jpg

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले अफगानिस्तानमा सुरक्षा संकटमा परेका हजारौं नेपाली कामदारलाई तुरुन्तै स्वदेश फर्काउन माग गरेका छन् ।

आइतबार सामाजिक संजालमार्फत डा.भट्टराईले अफगानिस्तानमा सुरक्षा संकटमा परेका १४ हजार बढी नेपाली कामदारलाई तुरून्त स्वदेश फर्काउन सरकारले आलटालर वहानावाजी नगर्न आग्रह गरेका हुन् ।

उनले लेखेका छन्, ‘अफगानिस्तानमा सुरक्षा संकटमा परेका१४ हजार बढी नेपाली कामदारलाई तुरून्त स्वदेश फर्काउन सरकारले आलटालरवहानावाजी गर्नुभएन। पहिलो त त्यस्ता द्वन्द्धग्रत ठाउॅमा आफ्ना नागरिकलाई पठाउन र जाने वातावरण बनाउनै हुॅदैनथ्यो। गैसकेपछि तिनको जीवनरक्षा गर्नु राज्यको दायित्व हो। किन्तुपरन्तु नहोस् !’

अफगानिस्तानमा केही दिनयता द्वन्द्ध चर्किएको छ । तालिवान र सरकारबीच चर्किएको युद्धका क्रममा केही शहरहरु तालिवानले आफ्नो तिनयन्त्रणमा लिइसकेका छ । द्वन्द्ध चर्किएका कारण धेरै सर्वसाधारणले ज्यान गुमाएका छन् भने कयौं विस्थापित भएका छन् । विदेशी नागरिकलाई सुरक्षित स्वदेश फर्किरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ