arrow

कोरोना अपडेट: २,२१२ संक्रमित थपिए, ३३ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३१ आइतबार
Corona-Covid-nepal-1618227483.jpg

काठमाडौं। पछिल्लो २४ घण्टामा थप २ हजार २ सय १२ जनामा कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै हालसम्म पिसिआर विधिबाट ७ लाख ३२ हजार २ सय ७२ जनामा र एन्टिजेन विधिबाट ७५ हजार १ सय ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
 
यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय ६७ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ८२ हजार ६ सय ८२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या १० हजार २ सय ९२ पुगेको छ। 

पछिल्लो २४ घण्टामा १२ हजार १ सय ६ जनाको नमुना परीक्षण गरिएको छ । हाल ७ सय ५८ जनाको आईसीयु र १ सय ९३ जनाको भेन्टीलेटरमा उपचार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ