arrow

ईश्वर पोखरेलको घरमा भीम रावल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३१ आइतबार
Bhim-rawal.gif.gif

काठमाडौँ । नेकपा (एमाले)को आन्तरिक एकतालाई सबल बनाउने विषयमा आइतबार सो पार्टीका उपाध्यक्ष डा भीमबहादुर रावल र महासचिव ईश्वर पोखरेलबिच छलफल भएको छ ।

पोखरेलको निवास धापासीमा भएको छलफलमा दुवै नेताले अन्य नेतासँग पनि निरन्तर संवाद गरी गत असार २७ गते भएको १० बुँदे सहमतिको जगमा एकताबद्ध पार्टी निर्माणका लागि पहल गर्ने समान धारणा व्यक्त गरेका थिए । 

महासचिव पोखरेलले पार्टीमा असन्तुष्ट नेताहरूसँग पनि संवाद गर्दै आएको उनका प्रेस संयोजक गणेश पाण्डेले जानकारी दिए । प्रतिनिधिसभाको विघटन, सर्वोच्च अदालतको पुनः स्थापनाको फैसला र नयाँ सरकारलाई समर्थन जस्ता विषयमा एमाले मतभेद उत्पन्न हुँदै आएको छ । 

अध्यक्ष केपी शर्मा ओली लचिलो नभएमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले नयाँ पार्टी खोल्न सक्ने जनाए पनि सो पक्षकै कतिपय नेताहरू विभाजनको विपक्षमा उभिएका थिए ।



नयाँ