- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । निर्वाचन आयोगले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका माधव नेपालसँग नेकपा एमालेको संसदीय दलको २० प्रतिशत सदस्य नहेनरहेको जवाफ मागेको छ ।
आयोगले संसद सचिवालयलाई पत्र पठाउँदै दल दर्ताका लागि आयोगमा निवेदन दिएको सो समूहमा छुट्टिएर अलग भइ जाने दलको संसदीय दलको २० प्रतिशत सांसद संख्या भए नभएको सोधेको हो । नेता नेपालले आयोगमा नेकपा एकीकृत समाजवादी पार्टीको नाममा नयाँ दल दर्ताका लागि निवेदन दिइसकेका छन् ।
‘नेपाल समूहले दल दर्ताका लागि आयोगमा निवेदन दिएको छ, उहाँहरुको अलग भइजाने दलको कूल सांसदमध्ये २० प्रतिशत वा सो भन्दा बढी छ की छैन भनेर आयोगले संसद सचिवालयलाई सोधेको हो,’ निर्वाचन आयोग स्रोतले भन्यो ।
एमालेले भने नेता नेपालसहितका १४ जना प्रतिनिधि सभाका सदस्यलाई कारबाही गर्न भन्दै संसद सचिवालयमा पत्र पठाएको छ । तर सो पत्रका बारे भने संसद सचिवालयले कुनै निणर्य लिएको छैन । तर, निर्वाचन आयोगले भने २० प्रतिशत सांसद नरेको पाइएमा भने केन्द्रीय समितिको २० प्रतिशतलाई आधार मानेरसमेत दल दर्ता गर्ने बताएको छ ।
सरकारले ल्याएको राजनीतिक दल सम्वन्धि अध्यादेश अनुसार आयोगले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत संख्यालाई आधार मानेर दल दर्ताको प्रक्रिया अघि बढाउन सक्छ ।
आयोगले दल दर्ताको प्रयोजनका लागि आवश्यक प्रक्रिया अघि बढाउन भन्दै ९ भदौमा आयोगमा दल दर्ता गर्दा नाम समावेश गरिएका सांसदलाई संघीय संसदबाट जारी परिचयपत्र र केन्द्रीय समितिका सदस्यहरुलाई नागरिकता वा मतदाता परिचयपत्रसहित आयोगको केन्द्रीय कार्यालय बोलाइसकेको छ । सो दिन आयोगले दल दर्ताका लागि निवेदनमा नाम समावेश गरिएका व्यक्तिहरुको परिचयपत्रलाई आधार मानेर सनाखत गर्ने छ ।