arrow

माओवादी केन्द्रले सातमध्ये ६ वटा प्रदेशका इन्चार्ज तोक्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ६ आइतबार
mahobadi-prachanda.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार पठाउने मन्त्रीको नाम टुंग्याउन नसकेपनि प्रदेश कमिटीमा रिक्त रहेका पदाधिकारी, विभागको प्रमुख र जिल्ला इन्चार्ज भने तोकेको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटीको बैठकले विभिन्न प्रदेशमा रिक्त रहेको पदाधिकारी र विभागको प्रमुख तोकेको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकले सातमध्ये ६ वटा प्रदेश इन्चार्ज भने तोकेको छ।

जस अनुसार प्रदेश–२ मा गणेश साह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा शक्ति बस्नेत र सुदूरपश्चिममा खगराज अधिकारी चयन गरिएको श्रेष्ठले जानकारी दिए । प्रदेश १ मा भने इन्चार्जको टुंगो लागेको छैन् ।

बैठकले जिल्ला समन्वय समितिका संयोजकहरु तोक्ने काम भने सम्बन्धित प्रदेश समितिलाई नै दिइएको छ । दुई दिन बसेको बैठकले विभिन्न प्रदेशका रिक्त पदाधिकारी, जिल्ला इन्चार्ज र पार्टीका विभाग प्रमुख तोकेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ