arrow

‘नेकपा एकीकृत समाजवादी’ र ‘लोकतान्त्रिक समाजवादी पार्टी’ बुधबार नै दर्ता गर्दै निर्वाचन आयोग

पहिले सनाखत त्यसपछि निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ८ मंगलबार
election-commission1-1618997712.jpg

काठमाडौं । निर्वाचन आयोगले ‘नेकपा एकीकृत समाजवादी’ र ‘लोकतान्त्रिक समाजवादी पार्टी’ बुधबार नै दर्ता गर्ने तयारी गरेको छ । आयोगले माधव नेपाल र महन्थ ठाकुरको नेतृत्वमा रहने गरी दर्ताका लागि दिएको निवेदनमा बुधबार पहिले आवश्यक प्रक्रियाका काम सकेर दर्ताको निणर्य गर्ने गरी तयारी गरेको हो । आयोगले त्यसका लागि आन्तरिक सबै तयारी सकेको छ ।

आयोगले दुवै दलका पदाधिकारीमा प्रस्ताव गरिएकासहित केन्द्रीय सदस्यका लागि पुराना दलबाट प्रस्ताव गरिएका नाममा हस्ताक्षर गरेका, पहिले पुराना दलमा रहेका संसदीय दलका सदस्य (नयाँ दलमा आउन हस्ताक्षर गरेका) लाई भोली ११ वजेदेखि २ वजेसम्म सनाखतका लागि बोलाएको छ ।

निर्वाचन आयोग उच्च स्रोतका अनुसार आयोगले सनाखतसहित आवश्यक सबै प्रक्रिया बुधबार नै सकेर दल दर्ताको निणर्य गर्ने भएको हो ।  ‘सचिवालयले सबै तयारी गरिसकेको छ, दल दर्ताको काम अघि बढिसक्यो, पहिले सनाखत सक्छौं, त्यसपछि बुधबार नै दर्ताको निणर्य गर्छौ,’ आयोग उच्च स्रोतले भन्यो ।

आयोगले नयाँ दल दर्ताको प्रक्रियामा सहभागी हुन हस्ताक्षरसहित नाम बुझाएका केन्द्रीय सदस्य र सांसदलाई सनाखतमा बोलाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई नागरिकता वा मतदाता परिचयपत्र र सांसदलाई संसद् सचिवालयले जारी गरेको परिचयपत्रसहित आयोगमा सनाखतका लागि बोलाएको छ ।

माधव नेपालको प्रस्तावित दलमा पुरानो दल एमालेबाट ५७ जना केन्द्रीय सदस्यको नाम आयोगमा बुझाइएको छ । त्यसमध्ये ५५ जनाले मात्रै हस्ताक्षर गरेका छन् । सनाखत प्रक्रियामा पनि उनीहरुनै सहभागी हुनुपर्ने छ ।

सरकारले दल विभाजनसम्वन्धि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशतको व्यवस्था गर्दै ल्याएको अध्यादेश अनुसार एमालेको केन्द्रीय कमिटीको कूल २०३ संख्या मध्येको २० प्रतिशत अर्थात् ४१ जना जना सदस्य नयाँ दल खोल्नका लागि नेपाल समूहले आयोगमा पुर्याउनु पर्ने हुन्छ ।

यस्तै नयाँ थप सहित नेपालले नेतृत्व गर्ने दलमा ११५ जना केन्द्रीय सदस्य प्रस्ताव गरिएको छ । यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी नामको दलमा ३१ जना कार्यकारिणी सदस्यको नाम बुझाइएकोमा २९ जनाको मात्रै हस्ताक्षर आयोगमा बुझाइएको छ । आयोगले निवेदनमा हस्ताक्षर गर्नेलाई मात्रै सनाखत गर्ने जनाएको छ । ठाकुर अध्यक्ष रहने गरी सो दलमा राजेन्द्र महतो र शरतसिंह भण्डारीलाई वरिष्ठ नेताका लागि प्रस्ताव गरिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ