- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय नेताहरुको कार्यविभाजनमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई नयाँ जिम्मेवारीमा पठाइएको छ । हालै सम्पन्न केन्द्रीय समिति बैठकबाट सो पार्टीले प्रदेश, प्रवास, जिल्ला समन्वय , उपत्यका समन्वय, सम्पर्क जस्ता समिति गठन गरेर नेताहरुको जिम्मेवारी तोक्दै माओवादीले श्रेष्ठलाई प्रवासको जिम्मेवारीमा पठाएको हो ।
गत आइतबारको बैठकमा नारायणकाजी श्रेष्ठले आफू प्रचण्डपछिको नेता भएको भन्दै प्रवक्ताको जिम्मेवारीबाट हट्ने बताएका थिए । गठबन्धन सरकारमा मन्त्रिपरिषद गठन भएदेखिनै प्रचण्डसँग असन्तुष्ट रहेका श्रेष्ठले आइतबारको बैठकमा अचानक प्रवक्ताको जिम्मेवारीबाट हट्ने बताएका थिए । पहिला पार्टी ठूलो हुँदा नै प्रवक्ताको जिम्मेवारीमा रहेको र अहिले माओवादीभित्र प्रचण्डपछिको नेता भएकाले अबको जिम्मेवारी पार्टी प्रवक्ता भन्दामाथि हुनुपर्ने श्रेष्ठको दाबप् छ ।
त्यस्तै संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीलाई यौन दूव्र्यवहार गरेको आरोप लागेका कृष्णबहादुर महरालाई पार्टी प्रवक्ताको जिम्मेवारी तोकेको छ । महराले लिएको जिम्मेवारीमा श्रेष्ठ थिए ।
उनलाई सो आरोपबाट विस्तारै विस्तारै कम गराउने र पार्टी पंक्तिमा अभ्यस्त गराउने उदेश्यका साथ सो जिम्मेवारी दिएको हो । माओवादीले समितिमा कतै इन्चार्जमात्रै तोकिएको छ भने कतै सहइन्चार्ज, अध्यक्ष र सचिव पनि तोकिएको छ ।
यस्तै माओवादीले केन्द्रीय विभाग पनि गठन गरेको छ । जसअनुसार अर्थ विभागको प्रमुखमा वर्षमान पुन रहेका छन् भने कृषि तथा भूमिसुधार विभागमा हरिबोल गजुरेल, उद्योग तथा बाणिज्य विभागमा वामदेव क्षेत्री, कृषि तथा आर्थिक व्यवस्थापन विभागमा डोरप्रसाद उपाध्याय, उपभोक्ता हित तथा आपूर्ति विभागमा मातृका यादव, खानेपानी तथा सरसफाइ विभागमा बिना मगर, प्रवक्तामा कृष्णबहादुर महरा, संगठन विभागमा जनार्दन शर्मा प्रमुख रहेका छन् ।
यसैगरी स्कुल विभागमा प्रचण्ड तथा प्रमुखमा गिरिराजमणि पोखरेल रहेका छन् । यता यसअघि प्रवक्ता रहेका नारायणकाजी श्रेष्ठ प्रवास समिति इन्चार्ज रहेका छन् । यस्तै माओवादीले जनवर्गीय तथा सामुदायिक संगठनका इन्चार्ज पनि तोकेको छ ।
माओवादीले रिक्त रहेका समिति र बाँकी केन्द्रीय सदस्यहरुको जिम्मेवारी पछि तोकिने पनि अध्यक्ष प्रचण्डले गरेको आन्तरिक परिपत्रमा उल्लेख गरिएको छ । गत आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटीको बैठकले छ प्रदेशमा इन्चार्ज तोकेको थियो ।
प्रदेश एक बाहेक अरु सबै प्रदेशमा इन्चार्ज तोकेको माओवादी केन्द्रले जनाएको छ । जसअनुसार प्रदेश २ मा गणेश साह, वागमती प्रदेशमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणी खनाल, कर्णालीमा शक्तिबहादुर बस्नेत र सुदूरपश्चिममा खगराज भट्ट इन्चार्ज तोकिएका छन् ।