- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । निर्वाचन आयोगमा नयाँ दल लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि जसपाका १४ सांसद र १७ जना कार्यकारिणी सदस्यले सनाखत गरेका छन्।
आयोग स्रोतका अनुसार जनता समाजवादी पार्टी (जसपा)बाट विभाजित भएर नयाँ दल दर्ताका लागि निवेदन दिएका महन्थ ठाकुरपक्षका ३१ जनाले सनाखत गरेका हुन् ।
आयोगले प्रस्तावित दलका पदाधिकारी र केन्द्रीय सदस्यहरुको हेड काउन्ट गर्दै सनाखतका लागि बुधबार ११ देखि २ बजेसम्मका लागि बोलाएको थियो ।
आयोगले सनाखतपछि आवश्यक प्रक्रियाका काम सकेर दर्ताको निर्णय गर्ने गरी तयारी गरेको छ । आयोगले त्यसका लागि आन्तरिक सबै तयारी सकेको छ ।