arrow

मन्त्रिपरिषद्ले पूर्णता नपाएपछि डा.भट्टराई भन्छन् : ज्ञानेन्द्र र ओली गएपनि कुर्सीको खेल जारी छ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १४ सोमबार
baburam2.jpg

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले ज्ञानेन्द्र, ओली गएपनि कुर्सीको खेल जारी रहेको बताएका छन् ।

सत्तामा जो कोही आएपनि कुर्सीको खेल जारी रहेको भन्दै डा. भट्टराईले नागरिकका समस्या जहाँको तही रहेको बताएका हुन् । मन्त्रिपरिषद् विस्तार गर्न नसकेको कुरालाई इंगित गर्दै डा.भट्टराईले सामाजिक संजालमार्फत प्रतिक्रिया जनाएका हुन् ।

‘ज्ञानेन्द्र गए,ओली गए तर कुर्सीको खेल जारी छ । भारत,खाडी पस्ने युवाहरूको लर्को जारी छ । कमिसनखोरको खेलो जारी छ । छिमेकीको हैकम जारी छ । जयसिंह धामीको वेपत्ता जारी छ । छाउपडी जारी छ । छोइछिटो जारी छ । मधेसी,थारू,जनजातिको पहिचानको खोजी जारी छ । श्रमिकको चुलो खाली छ । अतः वैकल्पिक शक्तिको खोजी जारी छ ।’

यद्यपि, मन्त्रिपरिषद्लाई पूर्णता दिन र मन्त्रालयको भागबन्डा मिलाउन सत्तारुढ गठबन्धनको बैठकमा सोमबार विहान डा.भट्टराई स्वयम सहभागि छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ