arrow

पोखरामा अवैध एसिड व्यापार तथा ओसारपसार गर्ने तीन जना पक्राउ

logo
हरि पन्त,
प्रकाशित २०७८ भदौ १४ सोमबार
Acid-illigela-pokhara.jpg

पोखरा। पोखरामा एसिडको व्यापार गर्दै आएकाहरुलाई कास्की प्रहरीले पक्राउ गरेको छ। इजाजत नलिईकन एसिडको व्यापार तथा ओसारपसार गर्दै आएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १५ स्थायी घर भई हाल चितवन भरतपुर महानगरपालिका वडा नं.४ बेलचोक बस्ने ग३प ११४३ नम्बरको जिप चालक वर्ष १९ का मिनबहादुर भारती रहेका छन्।

यस्तै,  मोरङ विराटनगर महानगरपालिका वडा नं. २ स्थायी घर भई हाल जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. २ बस्ने सोही सवारीमा सवार बर्ष २९ का केशव सिंह र बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं.७ ढिकीचौर स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं. २ मोहोरियाटोल बस्ने अभिषेक औजार पसलको संचालक वर्ष ३६ का बल बहादुर बिकलाई पनि कास्की प्रहरीले पक्राउ गरेको छ।

उनीहरु भदौ १० गते पोखरा महानगरपालिका वडा नं. ४ गैह्रापाटनबाट पक्राउ परेका हुन्। 

उनीहरुको साथबाट ग३च ११४३ नं.को जिपमा सिलबन्दी तथा लेबल नलगाएको एक हजार केजी एसिड, अभिषेक औजार पसलबाट बिना इजाजत तेजाब तथा अन्य घातक रासायनिक पदार्थ, सिलबन्दी र लेबल नलगाई बेच्नका लागि राखेको ३५० केजी एसिड बरामद गरिएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए।

उनीहरूलाई व्यक्तिलाई पक्राउ गरी तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७ बमोजिम मुद्दा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी हमालले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ