- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीको १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् ।
काठमाडौं महानगरपालिका–३० को कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्ने क्रममा थापाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन् ।
आफ्नो दाबीका विषयमा आम कार्यकर्ता र शुभेच्छुकहरुको प्रश्नहरु रहेको भन्दै थापा आफू स्थायी बासिन्दा रहेकै वडाबाट उम्मेदवारी घोषणा गरेका हुन् ।
थापाले आफ्नो क्षेत्रबाट प्रारम्भ गरेका कामहरुले सफलता प्राप्त गरेको भन्दै आफ्नै वडाबाट उम्मेद्वारी घोषणा गरेको र सबै अग्रज साथै शुभेच्छुकहरुको सहयोग मिल्ने अपेक्षा पनि गरे ।
उनले भने,‘ उम्मेदवारी घोषणाका लागि योभन्दा अर्को पवित्र स्थान हुँदैन् । मेरो बडा र अग्रजहरुबीचमा उभिएर गौरवका साथ १४औं महाधिवेशनमा नेपाली कांग्रेसको महामन्त्री पदमा उम्मेद्वारी घोषणा गर्दछु ।’ थापा १३औं महाधिवेशनमा पनि महामन्त्रीको उम्मेदवार थिए ।