arrow

केपीले कक्षा नदोहोर्याउने भनेपछि ईश्वर सक्रिय, अध्यक्षको लागि तयारी

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ भदौ १४ सोमबार
ishower-pokhrel-minister-ncp.jpg
फाइल तस्बिर

काठमाडौं । एमालेमा जसरी पनि माधव नेपाल समूहलाई बाहिर राख्नुपर्छ भन्ने मूल मान्यता राख्ने महासचिव ईश्वर पोखरेलले आफ्नो समूहको भेला गर्न थालेका छन् । विगत चार दिनमा पोखरेलले सोलु-ओखलढुंगाका जिल्ला नेताहरुको भेला राखिसकेका छन् भने उनले देशव्यापी रुपमै कार्यकर्ता भेला गर्ने योजना बनाएका छन् ।

आफ्नो समूहमा खास नेता नभएपनि पोखरेलले आफू निकटका कार्यकर्तालाई बोलाउँदै जिल्लामा पार्टीको भेला राख्न र आफूलाई बोलाउन आग्रह गरिरहेका छन् । पार्टीमा नेपाल समूहका १० जना नेताहरु आएपछि उनले दौडधुप बढाएका हुन् ।

पार्टीमा कमजोर नेताको रुपमा परिचित रहेका पोखरेलले १० बुँदे कार्यान्वयनमा समेत आनाकानी गरेका थिए । पार्टी अध्यक्ष ओलीले नै १० बुँदे अक्षरस कार्यान्वयन हुन्छ भनेपछि उनले आफ्नो नयाँ गुट शुरु गरेका छन् । उनीसँग राजेन्द्र गौतम र आनन्द पोखरेल स्थायी हुन भने अन्य नेताहरुलाई समेटन उनीहरुलाई जिम्मा दिएको स्रोतको दावी छ ।

आजकाल उनी आफू निकटका नेताहरुलाई घरमा र पार्टी कार्यालय दुवै ठाउँमा भेटघाट गरिरहेका छन् । सोमबार पनि आफू अध्यक्ष पदका लागि अघि बढिसकेको छनक दिदै आगामी नेतृत्वका लागि योग्य रहेको दावी गरे । उनले पार्टीभित्र माधव नेपाल नभएको र ओलीले अध्यक्षमा दोहोर्याउदिन भनेकाले त्यसको फाइदा उठाउने काइदा निकालेका हुन् ।

 ‘नेपालसँग म नै ४५ वर्ष एउटै संगठनमा बसेर काम गरेको मान्छे । उहाँ कहिल्यै प्रतिस्पर्धा गरेर नेता बन्नुभएन । एक पटक नवौँ महाधिवेशनमा प्रतिस्पर्धा गर्नुभयो, त्यहाँ पनि पराजित हुनुभयो’, भन्दै माधव नेपालको आलोचना गरेर पार्टीभित्र अबको नेतृत्व आफ्नो हातमा आउनु पर्ने संकेत गरेका थिए । एमालेको दशौ महाधिवेशनको मिति तोकिएपछि उनी महाधिवेशन केन्द्रीत भएका हुन ।

ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री र रक्षामन्त्री समेत रहेका महासचिव पोखरेलले पत्रकारलाई बोलाएर यसअघि भेटघाट गरेका थिएनन । सोमबार भने उनले एमाले विट हेर्ने पत्रकार अन्य प्रेस चौतारीका नेता पत्रकारलाई बोलाएर अप्रत्यक्ष रुपमा आफ्नो दावी घोषणा गरेका हुन् ।

उनले पार्टीमा आफ्नो योगदान र अहिलेको अवस्थाबारे जानकारी दिदै अप्रत्यक्ष रुपमा महाधिवेशनका तयारी लागेको जानकारी दिए । एमालेका महासचिव पोखरेलले पार्टी अध्यक्षका लागि आफू योग्य रहेको बताएका छन् ।

भदौ ८ गते केपी शर्मा ओलीले अनुकुल समयमा पार्टीको नेतृत्व हस्तान्तरण गर्छु भनेको एक हप्ता पनि नवित्दै महासचिव पोखरेलले अध्यक्षमा आकांक्षा व्यक्त गरेका हुन् ।  ‘म व्यक्तिगत ढंगले भने मेरो हिस्ट्री मेरो निरन्तरताले मेरो क्षमता, म डिजर्भ गर्छु भनिरहनै परेन,तर देशको परिस्थिति कस्तो हुन्छ, देशभरिको कार्यकर्ताको चाहना के हुन्छ ?’ सोमबार पत्रकार माझ भने महासचिव पोखरेलले भने । आठौं र नवौ महाधिवेशनमा पोखरेल महासचिव भएका हुन् ।

वर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओलीले कक्षा नदोहोर्याउने बताइरहेका बेला तपाईका लागि सहज अवस्था आएको हो भन्ने पत्रकारको जिज्ञासामा महासचिव पोखरेलले अध्यक्षका लागि आफूले डिजर्भ गर्ने भनेका थिए । नेकपा एमालेको आगामी महाधिवेशन २०७९ साल बैशाख बैशाख १० गते भित्र सम्पन्न गरिसक्नुपर्नेछ । महासचिव पोखरेलले त्यसैको तयारीका लागि पार्टीले आगामी असोज पहिलो हप्ता विधान महाधिवेशनको आयोजना गरेको बताए। 

आफू अध्यक्षका लागि योग्य छु भन्न महासचिव पोखरेलले लामो भूमिका बाँधेका थिए । ‘कोअर्डिनेसन केन्द्रमाथि हमला भएको केही महिनापछि २०३८ पुस ११ मा हामीले नेकपा (माले) बनायौं, माले बनेपछि हामी त्यसबेला नयाँ शक्तिका रूपमा उदायौं । तेस्रो शक्तिका रूपमा उदायौं । २०३९ सालमा फेरि समस्यामा पर्यौ । सीपी मैनाली महासचिव हुनुहुन्थ्यो । उहाँ कस्तो भने, कुनै पौराणिक कथाको नायक जस्तो जाज्वल्यमान व्यक्तित्व । त्यस्तो सीपी मैनाली पार्टीभित्र पूरै एक्लो बन्नुभयो । केही गर्न नसक्ने हुनुभयो’, पोखरेलले विभाजनबाट कसैको उन्नति नहुने संकेत गर्दै यस्तो इतिहास बताएका थिए ।

उनले त्यतिमात्र होइन पार्टीभित्र सीपी स्खलित भएर पार्टीमै नरहने अवस्था भएपछि त्यसबेला मालेको सातौँ केन्द्रीय कमिटीको बैठक बसेको इतिहास पनि सुनाए । ‘तपाईंहरूलाई याद होस्, त्यसको व्यवस्थापन र आयोजना पनि मैले नै गरेँ, जुन महोत्तरी र सिन्धुलीको बीचमा भएको थियो, त्यो बैठकमा मदन भण्डारीसहतिको मनस्थिति सीपीपछि नेता को हो भन्ने भयो । ठूलो अन्योल थियो । एउटालाई धकेलेर ‘महासचिव हुनु न’ भन्दा ‘नाइँ नाइँ, म हुन्नँ’ भन्थे साथीहरू । यस्तो अवस्थामा पनि पुग्यो पार्टी, १ जेठ २०३७ मा हामीले मालेसँग चिनियाँ कम्युनिस्ट पार्टीबीच सहकार्य गर्नुपर्छ भन्ने भयो । सीपी र म नै यो काममा लाग्यौँ । हिमाल क्रस गरेर चीन पुगियो । बाटो खोज्नै तीन महिना लाग्यो । दोलखा र सिन्धुपाल्चोककको बीचवाट हामी बिनाभिसा चीन पुगेर त्यहाँका कम्युनिस्ट नेतासँग सम्बन्ध बनाएर फर्कियौँ ।

२०४६ सालमा मालेको चौथो महाधिवेशन भयो । त्यो महाधिवेशन पनि सिरहामै गरियो र त्यसको आयोजक र व्यवस्थापक पनि म थिएँ, जसले मदन भण्डारीलाई महासचिव चुन्यो । सीपीको ङ्यारङ्यार ङुरङुर केही चलेन’,उनले भने । यसरी उनी अहिले हरेक कार्यक्रममा यही कथा बोकेर आफू आगामी नेतृत्वका लागि सक्षम छु भन्न थालेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ