arrow

संक्रमितभन्दा निको हुने बढे

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १६ बुधबार
corona-variant.jpg

काठमाडौँ । कोरोना भाइरस संक्रमितभन्दा बुधवार निको हुनेको सङ्ख्या बढेको छ । पछिल्लो २४ घण्टामा संक्रमितभन्दा निको हुनेको सङ्ख्या करिब एक हजारले बढेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार दुई हजार ५२ जना संक्रमित भएका छन भने तीन हजार ३० जना निको भएका छन् । चौध हजार ९३५ जनामा परीक्षण गर्दा दुई हजार ५२ जनामा संक्रमण देखिएको हो । हाल सक्रिय संक्रमित ३४ हजार १८९ जना रहेका छन् ।

अहिलेसम्म सात लाख १९ हजार ३३६ जना निको भई घर फर्किएका छन् । यस्तै निको हुनेको दर पनि बढेको छ । बुधवार नेपालमा निको हुने दर ९४.१ प्रतिशत पुगेको छ । यसभन्दाअघि ९३.९ प्रतिशत निको भएका थिए । यस्तै संक्रमणबाट विगत २४ घण्टामा २० जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ७७० जनाको संक्रमणबाट ज्यान गएको छ । नेपालमा प्रति १० लाखमा ३६३ जनाको संक्रमणका कारणले निधन हुने गरेको छ । 

हाल ५६३ जना सघन उपचार कक्ष, १७० जना भेन्टिलेटर, ३१ हजार ८१२ जना होमआइसोलेसन,  दुई हजार ३७७ जना संस्थागत आइसोलेसन र ३११ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा संक्रमणको दर १९.५ प्रतिशत रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ