arrow

हाम्राकुरा डटकमलाई महिला बालबालिका मन्त्रालयले सम्मान गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २१ सोमबार
mahila.png

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचबिखन तथा नियन्त्रणको क्षेत्रमा बिशेष योगदान दिएवापत हाम्राकुरा डटकमलाई पुरस्कृत गर्ने भएको छ ।

आइतबार आयोजित मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १५ औ राष्ट्रिय दिवसका अवसरमा पुरस्कृत तथा सम्मानित हुने व्यक्ति तथा संस्थाको नाम घोषणा गरिएको प्रवक्ता उमेश ढुंगानाले जानकारी दिए । प्रवक्ता ढुंगानाले आइतबार विज्ञप्ति जारी गर्दै पुरस्कृत तथा सम्मानित हुनेहरुको नाम सार्वजनिक गरेका थिए ।

पुरस्कार तथा सम्मान प्राप्त गर्ने व्यक्तितर्फ प्रहरी प्रधान कार्यलय मानव बेचबिखन अनुसन्धान व्युरोबाट प्रहरी निरिक्षक श्रीराम थापा, कान्तिपुर दैनिककी ज्योति कटुवाल, इन्डिजिनियस टेलिभिजनका प्रमूख कार्यकारी कार्यक्रम निर्माता कुमार यात्रु, शक्ति समूहकी माया तामाङ रहेका छन् । यसैगरी संस्थागततर्फ जिल्ला प्रहरी कार्यलय कैलाली, हिमालय टाइम्स, हाम्राकुरा अनलाइन र पौरखी नेपाल रहेका छन् ।

मन्त्रालयकी महिला शसक्तिकरण महाशाखाकी प्रमुख सहसचिव रोशनी कुमारी श्रेष्ठले अनलाइन संचारमाध्यममार्फत हाम्राकुराले मानव बेचविखनविरुद्धको मुद्दाहरुलाई शसक्त रुपमा उठाएवापत छनोट समितिले चयना गरेको जानकारी दिइन् । उक्त पुरस्कार तथा सम्मान एक साताभित्र एक समारोहबीच प्रदान गरिने पनि जानकारी दिइन् ।

त्यस्तै मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले मानव बेचबिखनमुक्त समाज निर्माण गर्न सबैको ऐक्यबद्धता आवश्यक पर्ने बताउँदै आ-आफनो ठाउँबाट योगदान गर्न र सबै निकायलाई एकजुट हुन आह्वानसमेत गरेकी छिन् । मन्त्रालयले ‘मानव बेचविखनमुक्त समाज, हाम्रो प्रतिवद्धताः सबैको प्रयास र ऐकवद्धता’ भन्ने नारा तय गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ