arrow

सत्ता गठबन्धनका पाँच दल छलफलमा : संसद्‌मा बन्ला साझा रणनीति ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २३ बुधबार
deuba-prachanda-nepal-yadav-4-parties.jpg

काठमाडौँ । संसद् सुरु हुनु अघि सत्ता गठबन्धन आबद्ध पाँच दलको बैठक बसिरहेको छ । ४ बजेका लागि डाकिएको संसद् बैठक अघि संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा गठबन्धन आबद्ध दलहरूबिच छलफल जारी छ । बैठकमा एमसीसीका विषयमा पनि छलफल भइरहेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, जसपाका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी छन् । 

बैठकमा संसद्मा सरकारले लैजाने एजेन्डाका विषयमा पनि छलफल हुँदै गरेको एक मन्त्रीले जानकारी दिए । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने आफ्नो दलले कारबाही गरेका १४ जना सांसद बैठकमा सहभागी भए संसद् अवरुद्ध हुने बताएको छ । एमसीसीका विषयमा भने एमालेले कुनै निर्णय लिएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ