एमसीसीबारे सत्ता गठबन्धनका शीर्ष नेता छलफलमा : बालुवाटारमा बैठक
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २४ बिहिबार
1.1k
Shares
काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा साझाा धारणा बनाउन भन्दै सत्ता गठबन्धनका शीर्ष नेता छलफलमा जुटेका छन् । सत्ता गठबन्धन आबद्ध दलका मुख्य नेतृत्व अहिले छलफलका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।
एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन बु्रक्स सहितको टोली नेपाल आएसँगै सत्तारुढ दलमाथि एमसीसीका विषयमा निर्णय गर्न दबाब बढेको छ । सो विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग एमसीसी प्रतिनिधि मण्डलको टोलीसँग भोलि शुक्रवार भेट हुँदै छ ।
अहिले बालुवाटारमा जारी छलफलमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव सहित गृहमन्त्री बालकृष्ण खाँण लगायत सहभागी छन् ।
बैठकमा संसद् सञ्चालनका विषयमा पनि छलफल हुने बताइएको छ । बालुवाटार जानु अघि प्रचण्ड, नेता नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबिच हात्तिवनमा छलफल भएको थियो ।
एमसीसीका विषयमा अमेरिकाबाट आएको प्रतिनिधिमण्डलको टोलीले प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओलीलाई भने बिहीबार नै भेटिसकेको छ ।