arrow

एनआरएनएका विषयमा जनसम्पर्क समितिहरु एकढिका बन्नुपर्छ, पार्टीले हस्तक्षेप गर्दैन् : गोविन्द भट्टराई

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ६ बुधबार
govinda-bhattarai.JPG

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १०औं विश्व सम्मेलनमार्फत नयाँ नेतृत्व चयनका लागि आकांक्षीहरुको दौडधुप बढेको छ ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को २०२१ अक्टोबर २३, २४ र २५ मा हुने सम्मेलनमा अध्यक्ष पदका लागि तीन जनाले तयारी थालेका छन् । राजनीतिक आस्थालाई आधार मान्ने हो भने लोकतान्त्रिक धारबाट अध्यक्षमा कुल आचार्य र रविना थापा मैदानमा छन् भने प्रगतिशिलतर्फबाट डा.बद्री केसीले तयारी गरिरहेका छन् ।

तर एनआरएनएमा दलीय राजनीति प्रवेश गराउन नहुने आवाज उठेको छ । यद्यपी, नेपाली कांग्रेसले कुल आचार्यलाई समर्थन गर्ने गरी छलफल अगाडि बढाएको छ । बुधबारको कांग्रेस पदाधिकारी बैठकमा पनि आचार्यलाई समर्थन गर्दै थापालाई उचित व्यवस्थापन गर्नुपर्ने भन्ने विषयमा अनौपचारिक छलफल भएको थियो । तर आधिकारिक निर्णय भइसकेको छैन् ।

विदेशमा रहेका कांग्रेसका जन सम्पर्क समितिहरु उम्मेदवारका विषयमा विभाजित रहेकाले एकढिका भएर अघि बढ्न निर्देशन दिइएको कांग्रेस जनसम्पर्क केन्द्रीय विभागका संयोजक गोबिन्द भट्टराईले बताए ।

संयोजक भट्टराईले हाम्राकुरासँगको कुराकानीमा भने,‘एनआरएनएको विषयमा पार्टीको आधिकारिक निर्णय गर्ने भन्ने हुँदैन् । पार्टीले हस्तक्षेप गर्ने भन्ने हुँदैन् । तर जन सम्पर्क समितिहरु मिलेरै संभावित उम्मेदवारलाई सहयोग गर भनेर आग्रह गर्ने हो ।’

एनआरएनए भएका अधिकांश देशहरु प्रजातान्त्रिक सिद्धान्तलाई मान्ने भएकाले जन सम्पर्क समिति भएका देशका कांग्रेस समर्थित प्रतिनिधिहरुले संभावित र ‘लाइट माइन्डेट’ उम्मेदवारलाई सहयोग गर्नुपर्ने र अन्य आकाक्षीहरुलाई सम्पर्क समितिमा एडजस्ट गर्नुपर्ने संयोजक भट्टराईले बताए । 


  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ