- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा आसन्न महाधिवेशनमा महामन्त्रीका प्रत्यासी गगन थापाले कांग्रेस बलियो बनाउन जरा बलियो बनाउनुपर्ने भएकाले स्थानीय तहको अधिवेशन पार्टीको जग र मुहान भएको औंल्याएका छन् ।
देश संघीयतामा गइसकेपछिको पहिलो पटक हुन गइरहेको गाउँ नगरको अधिवेशनको अवसरमा शुभकामना सन्देश जारी गर्दै थापाले स्थानीय तहको विकास, पार्टी संगठनको सबलीकरणसँगै पार्टी पुनर्निर्माणको लागि काबिल नेतृत्व छनोट आवश्यक रहेको पनि बताएका छन् ।
शनिबार सामाजिक संजालमार्फत सन्देश सार्वजनिक गर्दै थापाले भनेका छन्,‘संघीय संरचनामा स्थानीय तह पार्टीको जनतासंगको पहिलो र महत्त्वपूर्ण संवाद विन्दु हो, जग हो, मुहान हो। जग बलियो भयो भने मात्रै घर बलियो बन्न सक्छ, जरा बलियो भयो भने मात्रै काँग्रेसको रुख सिङ्गो देशको छहारी बन्न सक्छ।’
त्यस्तै उनले शनिबार हुन गइरहेको अधिवेशनबाट स्थानीय तहको विकास, पार्टी संगठनको सबलीकरणसँगै पार्टी पुनर्निर्माणको लागि काबिल नेतृत्व छनोट गर्ने विश्वास ब्यक्त गरेका छन् ।
कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा शनिबारदेखि गाउँ–नगर अधिवेशन प्रारम्भ भएको हो । कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको जनाएको छ ।
पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार वडा अधिवेशन भई अन्तिम मत परिणाम प्राप्त भएका अधिकांश जिल्लामा शनिबारदेखि गाउँ–नगर अधिवेशन शुरु भएको हो ।