- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । गोरखाको मानबु आसपास केन्द्रविन्दु भएर आइतबार बिहान भूकम्पको पराकम्पन गएको छ । बिहान ४ बजेर ९ मिनेट जाँदा ४ दशमलब ३ रेक्टर स्केलको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यो नयाँ भूकम्प नभई २०७२ सालको गोरखा भूकम्पकै पराकम्पन भएको केन्द्रका बरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए । पराकम्पनको धक्काको महशुस भई स्थानीय वासिन्दा घर बाहिर निस्किएका थिए ।
भूकम्पको धक्का छिमेकी जिल्लामा समेत महशुस गरिएको थियो । रासस