arrow

सम्भव भएन मतदान, शाक्यले १० गते विश्वासको मत लिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ४ बिहिबार
asta-laximi-sakya.jpg

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले यही कात्तिक १० गते विश्वासको मत लिने भएकी छन् ।  बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक ढिलो सुरु भएका कारण बिहीबारै मतदान गर्ने कार्यलाई सम्भव नभएका कारण कात्तिक १० गते पुर्‍याइएको हो ।

प्रदेशसभाको बिहीबार अपराह्न बसेको बैठकले मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने कार्यका लागि यही कात्तिक १० गते बुधबार अपराह्न बस्ने बैठकमा मतदान हुने बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले उल्लेख गरे ।

यसै गरी मुख्यमन्त्री शाक्यले उक्त बैठकमा विश्वासको मत लिने कार्यका लागि संसद्मा रहेका सबै दलसँग आग्रह गर्दै दलगत स्वार्थभन्दा माथि उठेर संविधान र प्रजातन्त्रको रक्षाका लागि एकजुट हुने धारणा व्यक्त गरिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ