arrow

एमालेलाई एकताबद्ध बनाउन सकेमात्र निर्वाचनमा जित : पोखरेल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ९ मंगलबार
ISHWAR-POKHREL_20140203095440.jpeg

काठमाडौँ । एमालेलाई एकताबद्ध बनाउन सकेमात्र निर्वाचनमा जित हासिल गर्न सक्ने नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले बताएका छन् । 

जनताका हितभन्दा ठूलो कुरा नेता र पार्टी नहुने् भन्दै उनले जनताको हितमा काम गरेर २०७४ सालकै अवस्थामा पार्टीलाई पुर्‍याउनुपर्नेमा जोड दिए । उनले राजनीतिकमा अनेक सम्भावना रहेको उल्लेख गर्दै त्यसअनुसार अगाडि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गरे । 

महासचिव पोखरेलले लोकतान्त्रिक अभ्यास अनुसार सर्वसम्मत् नेतृत्व चयन गर्न समेत आग्रह गरे । उनले नेतृत्व चयन गर्दा पार्टीको विधान अनुसार ३३ प्रतिशत अनिवार्य महिला प्रतिनिधित्व गराउनुपर्ने बताए । 

१०औँ राष्ट्रिय महाधिवेशनको तयारीस्वरुप आज देशभर एमालेको स्थानीय तहको अधिवेशन गर्दै छ । एमालेले यही कात्तिक ६ गते वडा कमिटी अधिवेशन सम्पन्न गरेको छ । एमालेको आगामी मङ्सिर १० देखि १३ गतेसम्म १०औँ राष्ट्रिय महाधिवशेन हुँदै छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ