arrow

राजेन्द्र पाण्डेद्वारा ५९ सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी

logo
रवीन्द्र गौतम,
प्रकाशित २०७८ कार्तिक १० बुधबार
rajendra-pandey.JPG

हेटौँडा । बागमती प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागी नेकपा एकीकृत समाजवादीका संसदीय दलको नेता राजेन्द्र पाण्डेले  दाबी पेस गरेका छन् । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्री पदका प्रत्याशी पाण्डेले ५९ जना प्रदेशसभाका सदस्यको हस्ताक्षरसहित दाबी पत्र बुधवारै साँझ बुझाएका हुन् ।

पाण्डेको समर्थनमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने चार वटा राजनीति दलले समर्थनसहित हस्ताक्षर गरी दाबी पत्र बुझाइएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६९ को उपचार एकको खण्ड क बमोजिम नयाँ सरकार गठन गर्न कात्तिक ११ गते अपराह्न ३ बजेसम्म समय सीमा निर्धारण गरेअनुसार मुख्यमन्त्री पदका लागि प्रत्याशी पाण्डेले बुधवारै दाबी पत्र दर्ता गराएका थिए  ।

बुधवारको प्रदेशसभा बैठकमा अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीबाट राजीनामा दिएकी थिइन् । शाक्यको राजीनामा पछि प्रदेश प्रमुख शर्माले २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि दाबी प्रस्तुत गर्न आह्वान गरेका थिए । बागमतीमा अब नेपाली काङ्ग्रेस र नेकपा एस आलोपालो मुख्यमन्त्री बन्ने सहमति यस अघि नै भैसकेको छ ।

बागमती प्रदेशसभामा हाल एमालेका ४३ सांसद छन्। गठबन्धनमा माओवादी केन्द्रका २३, नेपाली काँग्रेसका २२, नेकपा एसका १३ र जनता समाजवादी पार्टीका १ सांसद छन्। गठबन्धन बाहेकका विवेकशील साझा पार्टीका ३, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का २ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ((राप्रपा) का २ जना सांसद छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ