arrow

जुम्लामा कांग्रेस अधिवेशन शुरु, देउवा र पौडेल पक्षबीच कडा प्रतिस्पर्धा

logo
मोहन बिक्रम शाही
प्रकाशित २०७८ मंसिर २ बिहिबार
congress-Jumla.jpg

जुम्ला । नेपाली कांग्रेस जुम्लाको जिल्ला अधिबेशन मंसिर १ गते बाट शुरु भएको छ। जुम्ला सदरमुकामको खेलकुद बिकास समितिको सभाहलमा बुधबार उद्घाटन भएको जिल्ला अधिबेशनको सोही हलमा विहीबार बन्द सत्र चलिरहेको छ।

सबै पदका लागि मंसिर ४ गते मतदान हुँदैछ । पौडेल पक्षबाटअहिलेका सभापति दीप बहादुर शाही र देउवा पक्षबाट अहिलेका सचिब कर्ण शाही प्यानल सहित उम्मेदवारी घोषणाको तयारीमा छन् ।

पौडेल पक्षका शाही अघिल्लो कार्यकालका पनि सभापति भएकाले दोहोरिने दाउमा छन् । शाहीसंग पूर्वकेन्द्रीय सदस्य दिनबन्धु श्रेष्ठ र अघिल्लो महाधिवेशनमा जुम्लाबाट सर्बाधिक मत ल्याएर महाधिवेशन प्रतिनिधिमा जितेका दिपक शाही लगायतका नेताको समर्थन रहेकोछ ।

अर्का उम्मेदवार कर्ण शाहीलाई संबिधान सभाका सदस्य ललितजंग शाही र चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवाललगायतका नेताको समर्थन रहेको छ। जुम्लामा पौडेल पक्ष यसअघि बलियो भएपनि संबिधान सभाका सदस्य ललितजंग शाही देउवा पक्षमा आएपछि देउवा पक्ष पनि हाल बराबरीको अबस्थामा पुगेको छ।

प्रदेश सभा क्षेत्रीय अधिबेशनमा दुबै क्षेत्रबाट पौडेल पक्षले एकलौटी जितेकाले आफ्नो जित निश्चित भएको पौडेल पक्षको दाबी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ