- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेकपा एमालेको दशौं महाधिवेशनमा भारतबाट विभिन्न पाँच दलका नेता आउने भएका छन्। भारतबाट पूर्वस्वास्थ्यमन्त्री तथा भारतीय जनता पार्टीका नेता हर्षवर्द्धनको नेतृत्वमा एउटा टोली आइसकेको छ ।
त्यस्तै भारतबाटै अन्य ४ राजनीतिक दलका प्रतिनिधि पनि आउने भएका छन्। तर उत्तरी छिमेकी चीनबाट भने चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूले भिडियो सन्देश मात्रै पठाउने भएका छन्।
कोरोना महामारीलाई कारण देखाउँदै सीपीसीका कुनै पनि नेता नेपाल नआउने भएका हुन् । महाधिवेशनमा सहभागी हुन आठ देशबाट १५ जना प्रतिनिधि आउने छन्।
हालसम्म २५ वटा देशबाट शुभकामना सन्देश आइसकेको सचिव योगेश भट्टराईले जानकारी दिए।