- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
चितवन । नेकपा एमालेको दशौं महाधिवेशन आजदेखि चितवनमा शुरु हुँदैछ । निकै भब्य र विशाल उद्घाटनस्थल बनाएर एमालेले सबैको नजर खिच्ने काम गरिरहेको छ । नारायणी तटमा उद्घाटन हुँदैछ भने सौराहामा बन्दसत्र हुनेछ । आइतबारसम्म चल्ने महाधिवेशनले नेतृत्व चयन गर्दैछ । अहिलेसम्म खुलेर गुट देखिएको छैन । अर्कातर्फ आकांक्षी धेरै भए पनि खुलेर लागेका छैनन् ।
सबैको दृष्टि अध्यक्ष केपी शर्मा ओलीको आशीर्वाद कसलाई लाग्छ भनेरै कुरिरहेका छन् । ओली दोस्रो पटक अध्यक्ष बन्दै गर्दा अरु कसैलाई आड भरोसा दिएको सुन्नमा आएको छैन । तर ओली निकटका भित्रैबाट पदाधिकारीमा हानथाप भइरहेको छ । उनीहरु खुलेर लाग्न पनि सकेका छैनन् ।
अध्यक्षमा ओलीलाई भीमबहादुर रावलले टक्कर दिने भने पनि उनको ब्यापकता देखिँदैन । त्यस्तै ओली खेमा बाहिरका घनश्याम भुषालले वरिष्ठ उपाध्यक्ष लड्ने भने पनि माहोल बनाउन सकेका छैनन् ।
विशेषगरी माधवकुमार नेपाललाई अन्तिम समयमा धोका दिएका भीम रावलसहितका नौ भाइ र एक बहिनी अष्टलक्ष्मी शाक्यको अवस्था के हुने भन्नेमा अन्योल छ । ओलीले मुख नखोलेसम्म केही हुने अवस्था पनि देखिँदैन ।
त्यसैगरी माओवादी केन्द्रबाट आएकाहरुको अवस्था पनि त्यस्तै छ । ओलीले समर्थन गरे अगाडि बढ्ने र नगरे जहीँको तहीँ रहने अवस्था छ ।
यसैबीच कसैले उम्मेदवारी दिने आँट भने गरेका छैनन् । अहिलेसम्म चुनाव नै हुन्छ र ? भनी प्रश्न गर्ने पनि धेरै छन् ।
तर केन्द्रीय सदस्यमा भने चुनाव हुने धेरैको आँकलन छ । त्यसका लागि पनि ओलीले नै स्वीकारोक्ति दिनुपर्ने जस्तो मनस्थिति देखिन्छ । यद्यपि निर्वाचन समितिले भने निर्वाचन प्रक्रियाको काम तीव्र रुपले अगाडि बढाएको जनाएको छ ।
यी हुन् केन्द्रीय सदस्यका आकांक्षीहरु–
बुद्धिकुमार राजभण्डारी, मानवीर राई, रवीन्द्र अधिकारी, विष्णु रिजाल, शिव गुरुङ, डा. दीपक भट्ट, विद्या भट्टराई, पदम गिरी, लालकुमार केसी, राजेन्द्र राई, भूमि त्रिपाठी, विद्यासुन्दर शाक्य, बसन्त नेम्वाङ, जय राई, नवराज सिलवाल, कोमल वली, नारायण सिलवाल, सोभियत ढकाल, प्रभु शाहले केन्द्रीय सदस्यमा आकांक्षा व्यक्त गरेका छन् ।
त्यस्तै भगवती न्यौपाने, नविना लामा, ऐन महर, रश्मी आचार्य, रमेश पौडेल, जनार्दन ढकाल, गगन विष्ट, राजेन्द्र अर्याल, किशोरविक्रम मल्ल, रत्न गौतम, निर्मला शर्मा, राजीव पहारी, उषाकला राई, सरस्वती बस्नेत, केशव पाण्डे, प्रभा बराल, कल्पना थापा, नारायण खतिवडा, किरण पौडेल र दावा लामाले पनि आकांक्षा गरेका छन् ।
जगन्नाथ थपलिया, रणकुमारी बलम पाकीमगर, ईश्वरचन्द्र पोखरेल, श्याम बस्नेत, नरेन्द्र श्रेष्ठ, इन्द्र भण्डारी, शान्ति पाख्रिन, सुरेश नेपाल, सुभाष कर्माचार्य, सरिता न्यौपाने, अनन्त पौडेल, कृष्णभक्त पोखरेल, कृष्ण थापा, भीम कार्की, पुण्य पौडेल, विकास लम्साल, कल्पना चापागाईं, भक्त गुरुङ, भीमज्वाला राई, नारायण मरासिनी, सीता सुन्दास, मीन गुरुङ, मोहन रेग्मीले पनि लविङ गरिरहेका छन् ।
मुक्ति पाठक, नवराज शर्मा, भूपेन्द्र थापा, हरिकृष्ण श्रेष्ठ, गोविन्द नेपाली, इन्द्रलाल सापकोटा, हीरा केसी, डा. सूर्य पाठक, टासी गुरुङ, प्रेम तुलाचन, चन्द्रमोहन गौचन टुकराज सिग्देल, केदार सिग्देल, मायानाथ अधिकारी, जमिन्द्रमान घले, टुका हमाल, धनञ्जय दवाडी, रामशरण बस्नेत, सम्झना देवकोटा, तिलक महत, रोशन गाहामगर, अशोक ब्याञ्जू, तुलसी चौधरी, बलबहादुर सामसोहाङ, विनोद ढकाल, बलराम अधिकारी, शिव सुवेदी, बलबहादुर आचार्य, भोजप्रसाद श्रेष्ठ, भूमिश्वर ढकाल, चेतनारायण आचार्य, राधाकृष्ण कँडेल, झपिन्द्र जिसी, मधुकृष्ण पन्त, वसन्ती अधिकारी, रत्न खत्री, सूर्य ढकाल, गोमा आचार्य, सावित्रा अर्याल, नवीन रोका, दधिराम न्यौपाने, दिनेश पन्थी, चन्द्रबहादुर खड्काले ओलीलाई भेटेर आकांक्षा प्रकट गरेका छन् ।
मेनुका काफ्ले, निलम खनाल, तुलसी न्यौपाने, छत्रपति प्याकुरेल, चन्द्रा श्रेष्ठ, नेल्सन शाही, बदनी कुँवारी, कौशिला खत्री, कमला ओली, मोहनमाया ढकाल, नवराज महतरा, ध्रुव शाही, भैरवसुन्दर श्रेष्ठ द्धारिका न्यौपाने, चन्द्र रिजाल लगायतका नेताहरुले आकांक्षा देखाइसकेका छन् । यसमध्ये विष्णु रिजाल र सूर्य थापा यसअघि पनि केन्द्रीय सदस्य मध्येका हुन् ।
महेश बस्नेत, आनन्दप्रसाद पोखरेल, विष्णु रिजाल, गोकुल बाँस्कोटा, नरुलाल चौधरी, राजेन्द्र गौतम, डा। युवराज खतिवडा, रामेश्वर फुँयाल, देवी ज्ञवाली, डोरमणि पौडेलले पनि लगायतले प्रतिस्पर्धाबाटै केन्द्रीय सदस्यमा निर्वाचित हुने तयारी गरेका छन् । बस्नेतले सचिवमा उम्मेदवारी घोषणा गरेका छन् भने बाँस्कोटा पनि सचिवकै आकांक्षी हुन् तर उनले केही बोलेका छैनन् ।