- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन शुक्रबारदेखि चितवनमा शुरु हुँदैछ । उक्त अधिवेशनमा प्रधानमन्त्री शेर बहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली पाँच महिनापछि एउटै मन्च शेयर गर्दैछन् ।
महाधिवेशनमा शुभकामना दिनका लागि प्रधानमन्त्री देउवा १२ः४५ मा चितवन उत्रने कार्यक्रम छ । गत असार २८ गते सर्वोच्च अदालतको परमादेशमार्फत ओली नेतृत्वको सरकार हटेपछि देउवा प्रधानमन्त्री भएका थिए । त्यसयता देउवा-ओलीबीच भेट भएको थिएन भने संवादहीनताको अवस्था थियो ।
देउवा प्रधानमन्त्री भएपछि शपथ समारोहमा पनि उपस्थित नभएका ओली र देउवाबीचको आजको भेटलाई महत्वका साथ हेरिएको छ । मध्यान्ह १२ बजे नारायणी नदी किनारमा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ ।
एमाले महाधिवेशनमा भारतबाट पूर्वस्वास्थ्यमन्त्री तथा भारतीय जनता पार्टीका नेता हर्षवर्द्धनको नेतृत्वमा एउटा टोली पनि नेपाल आइसकेको छ । अन्य राजनीतिक दलका नेताहरु पनि उदघाटनमा सहभागी हुन चितवन पुग्नेक्रम जारी छ ।