arrow

उद्घाटनअघि ओलीसँग भीम रावलको छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १० शुक्रबार
kp-oli-bhim-rawal-uml.jpg
तस्वीर–फाइल ।

चितवन । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितनवमा शुरु हुँदैछ । दिउँसो १२ः३० बजेदेखि उद्घाटन शुरु हुने भन्दै नेता कार्यकर्ताहरु उद्घाटनस्थल नारायणी नदी किनारमा भेला भइसकेका छन् । अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

उद्घाटन कार्यक्रम चार घण्टासम्म चल्ने बताइएको छ । तर ४ बजेसम्म सक्याउने गरी तयारी गरिएको बुझिएको छ । उक्त उद्घाटनमा ओलीसँगै विदेशी पाहुनाहरुले पनि संवोधन गर्नेछन् । 

उक्त उद्घाटन हुनुअघि एमालेको असन्तुष्ट पक्ष मानिएका माधवकुमार नेपालबाट छुट्टिएका भीमबहादुर रावलसहितको टिमसँग ओलीले छलफल गरिरहेका छन् ।

महाधिवेशनमा निर्विरोध केन्द्रीय कमिटी चयन गर्ने भन्दै ओलीले प्यानल नबनाउन आग्रह गरिरहँदा रावलले पनि अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । 

त्यस्तै घनश्याम भुषालले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । माधव नेपालबाट छुट्टिएका ९ भाइ र एक बहिनी अष्टलक्ष्मी शाक्य हुन् । 

योगेश भट्टराईले सचिवमा दोहोरिने बताएका छन् । अन्य नेताहरुले मुख खोल्न सकेका छैनन् । ओली पक्षका नेताहरुबीच पनि चरम इच्छा हुँदासमेत पनि बोल्न सकिरहेका छैनन् । 

ओली र रावलबीचको भेटमा ईश्वर पोखरेलसँगै घनश्याम भुषाल र अष्टलक्ष्मी शाक्य रहेका छन् । तर उनीहरुबीच कुनै सहमति बन्न नसकेको बताइन्छ । 

रावलले अध्यक्षमा लड्ने घोषणा गरेपछि ओलीलाई भेट्न खोजे पनि भेट्न पाएका थिएनन् । ओलीले भेट्न नै चाहेका थिएनन् । 

अहिले पनि रावल, भुषाल र शाक्यहरु पदाधिकारीमा सम्मानजनक व्यवस्थापनको पर्खाइमा छन् । तर चुनावी मैदानमा आए भने कसैले नजित्ने आँकलन गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ