प्रचण्ड नजाँदा लिलामणिले गरे एमाले महाधिवेशनमा सम्वोधन
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १० शुक्रबार
577
Shares
काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशन चितवनमा चलिरहँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड भने गएनन् । उनले प्रतिनिधिको रुपमा लिलामणि पोखरेललाई पठाए । नेकपा फुटेदेखि नै एमालेसँग चिँढिएका प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न नजाने योजनाअनुसार नै चितवन नगएका हुन् ।
उक्त कार्यक्रममा बोल्दै पोखरेलले कम्युनिस्ट आन्दोलन अगाडि बढाउन समाजवाद निर्माणका लागि कम्युनिस्ट पार्टीको एकता र ध्रुबीकरणमा जोड दिए । उनले भने, ‘त्यसैले कमरेडहरु हामी आज नयाँ चुनौतीको सामना गरिरहेका छौँ । यो सम्भावनालाई यो महाधिवेसन र उपस्थित सबैले नयाँ दिनका निम्ति भूमिका खेल्नुहुनेछ । महाधिवेसनको सफलताको कामना ।’
उनले भने, ‘हाम्रो पार्टीको अध्यक्ष अनुपस्थित हुनु भएको छ विशेष कामले । पार्टीको प्रतिनिधित्व गर्दै उभिएको छु । समाज परिवेश बदलिरहन्छन् । सामाजिक शक्तिका बिचमा द्धन्द्ध फेरि एकता द्धन्द्ध र फेरि एकता हुन्छ । द्धन्द्ध बिना विकास छैन । द्धन्द्ध बिना समाजको मृत्यु हुन्छ ।’
उनले अगाडि थपे, ‘केही नेताको भिन्नताका कारण र परिवेशले अलग हुन पुग्यौँ । कम्युनिस्ट पार्टी बन्ने एकिकृत हुने फेरि विभिाजित हुने क्रम चल्यो । त्यसैले द्धन्द्ध निरपेक्ष एकता सापेक्ष भनिएको हो । युद्ध र आन्दोलन नभएको भए पनि राजको निरस्कुसताको कैदी हुनुपर्ने हुन सक्थ्यो ।’
नेता पोखरेलले अगाडि थपे, ‘नयाँ संविधान बनायौँ । राजाको निरंकुश शासन रहेका बेला गिरिजाले भन्थे माले मशाले एउटै हुन् । युद्ध र आन्दोलनको उपलब्धि, लोकतन्त्र, गणतन्त्र, समानता, संवैधानिक आयोग, राष्ट्रिय स्वाधिनता, सामाजिक न्याय, उत्पादनमा वृद्धि, भ्रष्टाचारको न्युनिकरण हुन् । आज यी पूरा गर्न हाम्रा अगाडि विश्वास र चुनौती दुवै छन् । जनताको विश्वास र नयाँ र स्वाधिन र समृद्ध देश बनाउने चूनौती । हाम्रा विवेक अलमलिएका छन् । कसैले पनि एक्लो तरिकाले समृद्ध र समाजवादको परिकल्पना टाढाको कुरा । माक्सवाद हाम्रो विश्वास हैन समाज विज्ञान हो ।’